तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैंर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) आईसीसीको ११ औं महाधिवेशनमा एसिया प्यासिफिक क्षेत्रीय संयोजक पदका लागि मलेसियाबाट हरि प्रसाद भट्टराईले आफ्नो उम्मेदवारी दिने भएका छन् ।

उपसंयोजकको जिम्मेवारीमा समालेका भट्टराईले आगामी कार्यकालका लागि एसिया प्यासिफिक क्षेत्रको संयोजकमा अगाडि बड्ने भएका हुन ।

मलेसियामा लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय रहेका भट्टराई संग एनआरएनए मलेसियाको सफल नेतृत्व गरेको अनुभवछ। मानव जातिलाईनै सखाप पार्नै विश्वव्यापी रुपमा फेैलिएको कोरोना भाइरस रोग (कोभिड-१९) का बेला मलेसियामा समस्यामा परेका नेपाली श्रमिकहरुलाई राहत तथा उद्धारकार्यमा उनको ठुलो भूमिका रहेको थियो ।

भट्टराई श्रमजीवी नेपालीका मुद्दा उपर काम गर्न सक्ने कुटनैतिक नियोगहरु संग थुप्रै काम गरेको र गर्न सक्ने मलेसियाका सरकारी तथा गैर सरकारी निकायमा पहुँच भएको उनी स्वतन्त्र गैर राजनीतिक व्यक्ति हुन् ।

दुई दशक अघि पढ्नका लागि विद्यार्थी भिषामा मलेसिया आएका भट्टराई सामाजिक काममा सक्रिय हुँदै गैर आवसी नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष पद समालि सकेका भट्टराई अझेै सम्म आफ्नो व्यवसाय संगै सामाजिक कार्यमा ब्यस्त छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …