तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैंर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनएको) ११ औं महाधिवेशनमा आईसीसी उपाध्यक्ष पदका लागि मलेसियाबाट खगेन्द्र न्यौपानेले उम्मेदवारी दिने भएका छन् ।

न्यौपाने गत जुलाई ३० मा सम्पन्न गैंर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाको अधिवेशन पश्चात् सबैको सल्लाह सुझावले आफु आसन अक्टुबरमा हुन लागेको संघको ११ औं महाधिवेशनमा आईसीसीको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् ।

मलेसियालाई कर्म थलो बनाएका न्यौपाने विगत लामो समयदेखि सामाजिक काम गर्दै एनआरएनए मलेसियाको उपाध्यक्ष, अध्यक्ष, आईसीसी सदस्य, र एसिया प्यासिफिक सह-संयोजक हुुदै हाल आईसीसी सचिवको जिम्मेवारीमा रहेका छन् ।

वर्तमान आईसीसी सचिव खगेन्द्र न्यौपानेले श्रमिकमैत्री र लगानीमैत्री एनआरएनए बनाउनका लागि आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको र एनआरएनए अभियानमा निरन्तरता दिनका लागि आफु आईसीसीको उपाध्यक्ष पदमा पुगेर अझ धेरै काम गर्ने प्रतिवद्धता जायर गरेका छन् ।

उनले एनआरएनएका अग्रज तथा विभिन्न देशका एनआरएनए अभियन्ताहरुबाट आएको सल्लाहा सुझावका आधारमा आफूले संघको उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको र छिट्टै एक सार्वजनिक कार्यक्रम गरेर आफ्नो प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गर्ने जनाएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …