मलेसिया । गैरआवासीय नेपाली संघ एनआरएनए मलेसिया क्षेत्रीय समिति जोहरको २०२३-२०२५ को नयाँ कार्यकालको लागि अध्यक्षमा वेदना श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन् ।
श्रेष्ठ जुलाई १६ तारिख आईतवारको दिन जोहोर राज्यमा एनआरएनए जोहोर कार्यसमितिको ४ औं अधिवेशनबाट एनआरएनए जोहोर कार्यसमितिको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा अर्जुन बहादुर सिंह, उपाध्यक्षमा बिन्दु दर्लामी, सचिव छविलाल गिरि, सह-सचिव भिम लुहार, कोषाध्यक्ष तिलक क्ष्रेष्ठ, सह-कोषाध्यक्ष संञ्जु चाम्लिङ, निर्वाचित भएका छन् युवा संयोजकमा सागर रावल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा सुनिता साह, बिनोद भण्डारी, प्रेम नारायण क्ष्रेष्ठ, अभय विश्वकर्मा, बिजय कुमार राई, दामोदर ओली, दिपक कार्की, मान मगर, राम बहादुर थापा खेमराज तामाङ, प्रमोद भण्डारी, ईश्वर केसि, प्रेम बिष्ट, विनय हमाल, जीवन रोका मगर, सशिकला राई, राममाया दराई, बिनु राई, राजु बिक, राम शरण यादव, उषा केसि, रामबली मण्डल निर्विरोध निर्वाचित भएका हुन्। भने बैकल्पिक सदस्यमा विशेष कार्की, र श्याम कुमार बस्नेत निर्वाचन भएका छ्न् ।
एनआरएनए जोहोर कार्यसमितिका निवर्तमान अध्यक्ष हरि बस्नेतको सभापतिमा भएको जोहोर राज्यको ४ औं अधिवेशन कार्यक्रममा प्रमुख अतिथि एनआरएनए ग्लोबल केन्द्रका सचिव खगेन्द्र न्यौपाने, विशेष अतिथिमा एनआरएनए मलेसियाको अध्यक्ष बिनोद थापा, हुनुहुन्थ्यो भने अतिथिहरुमा एनआरएनए मलेसियाका केन्द्रीय उपाध्यक्ष राकेश महतो, अर्का उपाध्यक्ष हेमराज सापकोटा, महासचिव रन्जित क्षेत्री, कोषाध्यक्ष कृष्ण नेपाल, पत्रकार कृष्ण गुप्ता लगायत जोहोर राज्यका सक्रिय समाजिक संघसंस्थाका पदाधिकारीहरु र नेपाली ब्यावसायी व्यापारीहर साथै नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
एनआरएनए जोहोर राज्य कार्यसमिति ४ औं अधिवेशनमा इतिहासमै पहिलोपटक अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन समितिको संयोजक कृष्ण केसीले बताए।
त्यस्तै गैंर आवासीय नेपाली संघ राष्ट्रिय परिषद मलेसियाको ८ औं राष्ट्रिय अधिवेशन यहीँ जुलाई ३० तारिख आइतबार हुनेछ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …