तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैंरआवासीय नेपाली संघ राष्ट्रिय परिषद एनआरएनए मलेसियाको अध्यक्ष पदमा विनोद थापा, राकेश प्रसाद महतो र सन्तोष कार्कीले उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन समितिको संयोजक खगेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकले बुधबार जुलाई १२ तारिख निर्वाचन समितिले सार्वजनिक गरेको सुचना अनुसार ३ जनाले २०२३-२०२५ को लागि आफ्नो उम्मेदवारी दिएका हुन् ।

थापा गैर आवासिय नेपाली संघ एनआरएनए मलेसियाको गत २०२१-२०२५ कार्यकालको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए भने पुनः २०२३-२५ को नयाँ कार्यकालको लागि पनि उम्मेदवारी दिएका छन् ।

थापाले अघिल्लो २०२१-२३ को कार्यकालमा नेपालीको लागि नेपाली भन्ने मुलनाराको साथ नेपाली श्रमिक हरुको दुख सुखमा साथ सहयोग गर्ने हेतुले गैंर आवासीय नेपाली संघ एनआरएनएको आफ्नै कार्यलय खोलि  नेपाली राजदूतावास संग समन्वय गरी समस्यामा परेको बिरामी परेका अकालमा  मृत्यु भएका नेपाली श्रमिक हरुलाई ऊदार देखि मृत्यु भएको श्रमिकहरुको परिवारलाई सब जिम्मा लाउने काम देखि थुप्रै उदाहरणीय काम गरिसकेको छन् ।

अर्का प्रत्यासी उम्मेदवार राकेश महतो पनि विगत लामो समय देखि मलेसियामा सामाजिक काममा क्रियाशील रहि थुप्रै उदाहरणीय कामहरु गरिसक्नुभएको छ भने वहाँलाई असल व्यावसायिकको रुपमा पनि चिनीन्छ ।

त्यसैगरी बरिस्ठ उपाध्यक्षमा ईन्द्र नारायण लिम्बू र रन्जित कुमार क्षेत्रीले उम्मेदवारी दिएकाछन, उपाध्यक्षमा अरुण गिरी, दिल कुमार केरुङ र हेम सपकोटाले आफ्नो उम्मेदवारी दिएका  छन् ।

त्यस्तै महिला उपाध्यक्षमा लिला मगर,र युवा उपाध्यक्षमा नारायण अधिकारी, महासचिवमा कृष्ण प्रसाद नेपाल, बिमल कुमार राना, टेक बहादुर अधिकारीले उम्मेदवारी दिएका छन्। सचिवमा श्याम बहादुर श्रेष्ठ, बिशु प्रसाद बराल, कोषाध्यक्षमा बाल धोज लिम्बू, र युवा संयोजकमा राजु तामाङ, महिला संयोजकमा इन्दु बस्नेतले उमेदवारी दिएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …