तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सिजनल भिसालाई व्यवस्थित गर्न कार्यविधि बनाइने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । अहिले युकेसँगै दक्षिण कोरिया, क्यानडालगायतका देशमा सिजनल वर्करको रुपमा नेपाली कामदार जान लागेको भन्दै त्यसलाई व्यवस्थित गर्न कार्यविधि बनाउने तयारी गरेको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ”यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर हामीले सबै मन्त्रालयसँग छलफल गरिरहेका छौँ । अब कार्यविधि बनाएर यसलाई व्यवस्थित गर्छौं । हाल नेपाली कामदार विभिन्न मुलुकमा काम गर्न गएका छन्, तिनलाई समस्या पर्दा सरकारले उद्धार गर्न सक्दैन ।”

कार्यविधि बनेपछि सिजनल वर्करले भोग्दैआएका समस्या समाधान गर्न सहज हुने उहाँको भनाइ छ । सो कार्यविधिले मौसमी रोजगारका लागि विदेश लैजान वा जान मापदण्ड तय गर्ने, श्रमस्वीकृति दिने, कामको प्रकृतिसँगै आम्दानी, सुरक्षालगायतका विषयमा पनि ध्यान दिनेगरी काम हुने उहाँले बताउनुभयो ।

सन् २०२१ मा युके सरकारले सिजनल वर्करको भिसा प्रणाली सन् २०२२ देखि २०२४ सम्म कायम हुने घोषणा गरेको थियो । युकेले सन् २०२२ मा ४० हजार कामदार भित्र्याउने योजना छ । जसमा ३० हजार कामदारको भिसा सुनिश्चित भइसकेको युके सरकारले सूचनामार्फत जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …