तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । स्थानीय तह निर्वाचनपछि निर्वाचित भएका जनप्रतिनिधिहरुको काधमा यतिखेर जनताको जिम्मेवारी परेको छ । निर्वाचित भए लगत्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराँईले शिर्ष नेताहरुलाई भेटघाट गरी नगरपालिकाको बिकास र समृद्धिका लागि पहल गर्नुभएको छ ।

निर्वाचित हुनुभन्दा अघिबाट नै सरल र शालिन स्वभावका कारण चर्चामा आएका नगरप्रमुख भट्टराईले मंगलबार सत्ता गठबन्धनका नेताहरुलाई भेटघाट गरी नगरपालिकामा भएका समस्या र बिकासका संभावनाहरु माथि छलफल गरेका छन।

सरकारले आ.व. २०७९/८० को लागि मंगलबार नीति तथा कार्यक्रम सार्बजनिक गरेको अवस्थामा नगरप्रमुख भट्टराईले नेकपा माओबवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), लगायतका शिर्ष नेताहरुसंग भेटघाट गरेर नगरपालिकाका पाथेका खार्मी तथा अन्य वडाहरुमा सडक कालोपत्रे गर्न, स्तरोन्नत गर्नी, ट्रयाक बिस्तार गर्नका लागि आबस्यक बजेट ब्यबस्थापनमा सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

यस्तै प्रदेश नं १ का सामाजिक बिकास मन्त्रि राजन राई, खानेपानी मन्त्रि रामकुमार राई पासाङ, नेपाली कांग्रेसका नेता शेखर काईराला, प्रदेश मन्त्रि हिमाल कार्की लगायतसंग भेटघाट गरी नगरपालिकाको भौतिक पूर्वाधार निर्माण लगायतका विषयहरुमा छलफल गरी आ.व. ०७९/८० को लागि बजेट ब्यबस्थापन मा जोडदार माग गर्नुभएको छ । भेटघाटमा उहाँले नगरपालिकाको खानेपानीको अबस्था, सडक सन्जालको अबस्था, गरिवी निवारण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा उहाँहरुबाट सहयोग पुर्याउने आश्वासन पाएको नगरप्रमुख भड्ढराईले बताउनुभयो ।

भट्रराई नगरप्रमुखमा निर्वाचित भएलगत्तै नगरपालिकाको कार्यालय व्यवस्थापनमा पनि परिवर्तन गरी मितव्ययी र स्थानीय साधानहरुलाई प्राथमिकता दिन शुरु गरिए पछि निकै चर्चा भएको छ । उहाँले नगरप्रमुख बस्न लाई घुम्ने कुर्सी नभएपनि बस्न सकिने उदाहरण दिदै आफ्नो कार्यकक्षमा साधारण कर्सी राखेर चर्चामा हुनुहुन्छ । कार्यालयमा स्थानीय शिपबाट तयार गरिएको स्थानीय सामाग्रीहरु पैयोग गरिने नगरप्रमुख भट्टराईले बताए ।

भट्टराईले गर्नुभएको उच्चस्तरीय भेट र एजेन्डाहरुलाई खोटाङे जनताले महत्वका साथ हेरेको जनाइएको छ । भट्टराई नेपाली कांग्रेस खोटाङका उपसभापति समेत हुनु ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …