मलेसिया । गैरआवसीय नेपाली संघ मलेसियाले श्रमिक दिवस तथा नयाँ बर्षको अबसरपारि आफ्नो नयाँ कार्यलय उद्घाटन गरेको छ।
संघले श्रमिक दिवस तथा नयाँ बर्षको अवसरपारि श्रम तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको प्रमुख अतिथिमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ र गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले पानसमा बत्तीबालि रिविन काटेर नयाँ कार्यलयको उद्घाटन गर्नु भएको हो ।
एनआरएनए मलेसियाले आफ्नो स्थापनाकालदेखिनै मलेसिया कार्यरत लाखौंलाख नेपाली श्रमिक मध्यका पीडित, दुखि, जेल परेका, अपांग, बिरामी लगायतका नेपाली श्रमिकहरुलाई आर्थिक भौतिक रुपमा सहयोग गर्दै आईरहेको र आगामी दिनमा नेपाली श्रमिकको समस्या समाधान गर्न सजिलो होस् र सहयोग पुगोस् र श्रमिकलाई उद्दार गर्न सजिलो होस् भन्ने हेतुलेनै आफ्नो कार्यालय स्थापना गरेको संघका अध्यक्ष थापाले बताए ।
श्रमिकहरुलाई राख्न मलेसियाको कानुनले मान्यता नदिएपनि कुनै पनि श्रमिकहरु समस्यामा परेर एनआरएनएमा ठोकीन आउनु भयो भने कुनै पनि श्रमिकहरु समस्यामा पर्नु भयो भने श्रमिकहरुको उद्धार गरेर सम्बन्धित आफ्नो परिवार सम्म पुराउने बहन गर्छ भन्ने उदेश्यले यो कार्यलय खोलेको बताउदै आगामी दिनमा सबै संस्थाहरु संग समन्वय गरेर श्रमिक हरुको अधिकार हितको लागि काम गर्ने थापाले बताए ।
कार्यक्रममा पुर्व एनसीसी मलेसियाका अध्यक्ष एवं यसिया प्रसन्तका सह-संयोजक हरी भट्टराईले शुभकामना दिने क्रममा आफ्नो कार्यकालमा ८ हजार श्रमिक हरुलाई उदार गरि घर पठाउन सफल भएको बताउदै समस्यामा परेको साथीहरू जस्तै जोहरबारह लगायातमा समिति गठन गरि (covid-19) का कारण मृत्यु भएको १२ श्रमिक हरुको सब र मलेसियाको जेलमा बसेको श्रमिक हरुलाई नेपाली ददुतावास संग समन्वय गरेर स्वदेश पठाएको बताए ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि नेपाल राजदूतावासकल तर्फबाट कार्यवाहक राजदूत मोती बहादुर श्रीसले युवा हरुको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया भएकोले मलेसियामा दुई लाख भन्दा माथि श्रम स्वीकृति लिएर काम गर्दै आएके बताउनु हुँदै। यहीँ श्रमीक दिवसको अवसरमा मलेसियामा रहेको प्रत्येक श्रमिक हरुको शुख शान्ति समृद्धिको कामना गर्दै गैर आवासीय नेपाली संघ मलेसियाले यस् दुई बर्ष भित्र (Covid-19) भिष्ण महामारीमा पनि समस्यामा परेको नेपाली हरुको शुख दु:खमा साथ दिदै भौतिक रुपमा राहतको प्याकेज लिएर वितरण देखि लिएर जेलमा परेको श्रमिक हरुलाई नेपाली राजदूतावास संग समन्वय गरि स्वदेश फिर्ता लगायतको काम हरु गरेकोमा भन्दै गैर आवासीय नेपाली संघ मलेसिया लाई हार्दिक धन्यवाद ज्ञापन दिदै आगामि दिन हरुमा पनि मलेसियामा रहेको संघ संस्थाहरु संग समन्वय गरेर काम गर्ने बताउनुभयो ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …