तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हरेक प्रदेशमा एक/एक वटा मेडिकल कलेज सरकारले स्थापना गर्ने बताउनुभएको छ ।

भरतपुर महानगरका शिक्षक अगुवाहरूसँग आज यहाँ भएको छलफलमा मन्त्री पौडेलले नेपालबाट मेडिकल शिक्षाका लागि भन्दै रु ९८ अर्ब रकम बाहिर गइरहेकाले देशैमा मेडिकल शिक्षा सहज रूपमा पढ्न सक्ने वातावरणका लागि हरेक प्रदेशमा एक/एक वटा सरकारी मेडिकल कलेज स्थापनाका लागि काम गरिरहेको बताउनुभयो ।

रिसर्च सेन्टर पनि सातै प्रदेशमा स्थापना गर्ने तयारी भएको उहाँको भनाइ थियो । सातै प्रदेशमा आवासीय ठूला महाविद्यालय बनाउन आफूले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको बताउँदै उहाँले देश भरिका पालिकाको आवश्यकताका आधारमा एक पालिका, एक प्राविधिक शिक्षालय स्थापना गर्ने र भूगोल अनुसारको पाठ्यक्रम तयार पारेर पढाउने पनि उहाँले बताउनुभयो ।

राज्यले चाहेको जनशक्ति निर्माण गर्ने गरी प्राविधिक जनशक्तिलाई व्यवस्थापन गर्ने उहाँको तर्क छ । आफू मन्त्री बनेपछि ऐन कानुन बनाउने विषयमा निकै सक्रिय भएर लागेको र शैक्षिक विकासमा धेरै काम गरिसकेको उहाँले दाबी गर्नुभयो । चितवनमा बन्न लागेको शिक्षक अस्पतालमा निजी विद्यालयका शिक्षकले पनि उपचार गर्न पाउने उहाँको भनाइ थियो ।

निजी स्कुलका शिक्षक भए पनि उनीहरूले पनि देशकै शैक्षिक विकासका लागि काम गरेकाले उनीहरूले पनि त्यहाँ उपचार गर्न पाउने गरी काम अघि बढाइएको उहाँले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …