तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल तरुण दलले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचन र दलको सांगठनिक गतिविधिलाई ध्यानमा राख्दै नेपाल तरुण दलका सम्पूर्ण जिल्ला समितिहरुलाई परिपत्र गरेको छ ।

दलका विद्वान गुरुङद्वारा जारि परिपत्रमा आगामी २०७९ साल बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काँग्रेस पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन नेपाल तरुण दलले आफ्नो सम्पूर्ण तरुण शक्ति परिचालन गर्ने निर्णय गरेको हुँदा त्यस जिल्ला समितिले जिल्ला समिति, जिल्ला मातहतका संघीय निर्वाचन क्षेत्र, पालिका र वडा तह सम्म निर्वाचन परिचालन एवं सहयोग समिति बनाई प्रत्येक मतदान केन्द्रहरुमा तरुण स्वयमसेवक समेत परिचालन गर्ने व्यवस्था समेत मिलाउन निर्देशन दिईएको छ । 

त्यस्तै नेपाल तरुण दलको चौथो  महाधिवेशनको सन्दर्भमा गठित दलको जिल्ला, संघीय निर्वाचन क्षेत्र, पालिका र वडा समितिहरुमा विभिन्न जिम्मेवारीमा रही कार्य गर्दै आएका तरुण साथीहरुलाई नेपाली काँग्रेस पार्टीको १४ औँ महाधिवेशनको सन्दर्भमा त्यस जिल्लाको पार्टीको विभिन्न जिम्मेवारीमा निर्वाचित भएता पनि नेपाल तरुण दल केन्द्रीय समितिको अर्को निर्णय नभए सम्मका लागि दलको जिल्ला अध्यक्ष लगाएत विभिन्न जिम्मेवारीमा रहेका सम्पूर्ण तरुण साथीहरुलाई आ–आफ्नो जिम्मेवारीमा यथावत रही कार्य गर्ने निर्देशन गरेको छ   

                                                       

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …