तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ ।

आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गर्ने भएको हो ।

स्थानीय तह निर्वाचन

सो दफाको उपदफा ६ मा ‘निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ ।’ भन्ने उल्लेख छ ।

सो कानुनअनुसार मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न सूर्य पहिलो, कांग्रेसको ‘रुख’ दोस्रो, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो, जसपाको ढल्केको छाता चौंथो, लोकतान्त्रिक समाजवादी पार्टी (लोपाका)को साइकल पाँचौं र नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न कलम छैटौं नम्बरमा रहने भएको हो । यी ६ दल राष्ट्रिय मान्यता प्राप्त हुन् ।

यसैगरी, सातौं नम्बरमा विवेकशील साझा पार्टीको चिह्न तराजु, आठौंमा राप्रपाको हलो, नवौंमा जनमोर्चाको गिलास र १०औं नम्बरमा नेपाल मजदुर किसान पार्टीको चिह्न मादल रहने आयोगले जनाएको छ ।

– २०७४ मा प्राप्त समानुपातिक मतका आधारमा चिह्न

– मतपत्र हरियो

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३१ को व्यवस्थामा पनि अघिल्लो निर्वाचनमा समानुपातिकमा प्राप्त मतका आधारमा अर्को चुनावका लागि चिह्न निर्धारण हुने व्यवस्था उल्लेख छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले प्राप्त गरेको मतका आधारमा स्थानीय तह निर्वाचनको मतपत्रमा चुनाव चिह्न कायम हुने जानकारी दिए ।

‘आयोगले मतपत्रमा चुनाव चिह्न राख्दा दल हेर्दैन, कानुन हेर्छ, कानुनअनुसार २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले प्राप्त गरेको मतका आधारमा मतपत्रमा चुनाव चिह्न कायम हुन्छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।

दलहरूबीचमा मतपत्रमा चुनाव चिह्न राख्ने विषयमा विवाद हुने गरेपछि २०७३ सालमा निर्वाचनसम्बन्धी कानुन बनाउँदा समानुपातिकतर्फ दलले प्राप्त गरेको मतका आधारमा अर्को चुनावका लागि चिह्न निर्धारण हुने व्यवस्था गरिएको थियो ।

२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ सबैभन्दा बढी मत पाएको थियो । एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको थियो ।

यसैगरी, कांग्रेसले दोस्रो बन्दै ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको थियो भने माओवादी केन्द्रले आफ्नो चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडामा १३ लाख ३ हजार ७ सय २१ मत प्राप्त गरेको थियो ।

यस्तै, राष्ट्रिय जनता पार्टी नेपालले छाता चिह्नमा ४ लाख ७२ हजार २ सय ५४ मत पाएको थियो भने संघीय समाजवादी फोरम नेपालको चिह्न हातले समातेको मसालमा ४ लाख ७० हजार २ सय १, विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३ सय ६४, राप्रपाले गाईमा १ लाख ९६ हजार ७ सय ८२, राप्रपा प्रजातान्त्रिकले गोलाकारभित्रको हलोमा ८८ हजार ३ सय ७७, नयाँ शक्ति पार्टीले देब्रे आँखामा ८१ हजार ८ सय ३७ र राष्ट्रिय जनमोर्चाले गिलासमा ६२ हजार १ सय ३३ मत प्राप्त गरेको थियो । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …