तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं ।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ मा सदस्य मनोनीत गर्नुभएको छ । 

उहाँले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयानुसार केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महत संयोजकत्वको समितिलाई शुक्रबार पूर्णता दिनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

समितिको सदस्यमा केन्द्रीय सदस्य जीपछिरिङ लामा, दिपक गिरी, अजयकुमार चौरसिया अम्बिका बस्नेत, पुष्पा भुसाल, गोविन्द भट्टराई, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसार्इं, बहादुरसिंह (लामा) तामाङ, अमृत अर्याल, रामजनम चौधरी, डा गोपाल दहित, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, धु्रव वाग्ले, दिनेशकुमार यादव, टेकबहादुर गुरुङ, प्रदीपकुमार सुनुवार, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, अब्दुल सत्तार, राजीव ढुङ्गाना, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी र उमेश श्रेष्ठ रहनुभएको छ ।

यसैगरी केन्द्रीय सदस्य राजीवविक्रम शाह, विनोदकुमार चौधरी, चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, मोहन आचार्य, जावेदा खातुन जागा, नागिना यादव, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, दिनेश कोइराला, उर्मिला नेपाल केसी, सुशीला थिङ, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना र शान्ति परिवार विक समितिको सदस्यमा मनोनीत हुनुभएको छ ।

यसबाहेक समितिको सदस्यमा पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थाका अध्यक्ष पदेन सदस्य हुनेगरी मनोनीत गरिएको पार्टी कार्यालयले जनाएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …