तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं  । चर्चित सिने अभिनेत्री करिश्मा मानन्धर कलाकारिताका क्रममा सुटिङलाई थाँती राखेर आज पार्टी प्रवेश कार्यक्रममा सामेल हुनुभयो । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेपछि मन्तव्यका क्रममा पनि कार्यक्रमपछि पुनः सुटिङमा जानुपर्ने भएकाले हतारोमा रहेको जनाउ दिनुभयो । मानन्धर एमालेमा आउने भन्ने सूचनाले कार्यक्रमस्थलमा पत्रकार र पार्टीका कार्यकर्ताको घुइँचो लागेको थियो । 

अभिनय यात्रामा व्यस्त कलाकार मानन्धरलाई स्थानीय निर्वाचनको सम्मुखमा किन एमालेमा प्रवेश गर्नुपरेको होला विगतमा डा बाबुराम भट्टराईको नयाँ शक्ति नेपालमा प्रवेश गरेकी करिश्मालाई एमाले के कारणले मन परेको हो मानन्धरले आफ्नो मन्तव्यमा यी प्रश्नको लिखित जवाफ दिनुभएको छ । 

एमाले रोज्नुको पहिलो कारण अध्यक्ष रहेको उहाँले बताउनुभयो । मानन्धरले अध्यक्ष ओली जनताका लागि पथ प्रदर्शकको भूमिकामा रहेको र राजनीतिमा सधैँ सक्रिय रहेको बताउनुभयो । मानन्धरले एमालेले समानता र सामाजिकमा न्यायमा आधारित रहेर परिवर्तन र समृद्धिको एजेण्डा स्थापित गर्ने प्रयास गरेको बताउँदै आफू एमालेमा कुनै पद र अवसरको सौदाबाजीका लागि नआएको पनि स्पष्ट गर्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …