तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सरकारले संसद्मा टेबल गराएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धनमा आबद्ध दलले नै द्वैध चरित्र देखाउँदै आएका छन् ।

सत्तारूढ मध्येका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बालुबाटारमा बसेको शीर्ष बैठकमा एमसीसी टेबल गर्ने सहमति गरेका थिए । सोही सहमतिअनुसार नै सरकारले एमसीसीसम्बन्धी प्रस्तावलाई सभामुखमार्फत् संसद्को कार्यसूचीमा राख्न लगाएर संसद्मा टेबल गरेको थियो ।

तर, ती दुबै दलले संसद्मा टेबल भइसकेको एमसीसीका विषयमा पुनः असहमति राख्दै पास हुनै नदिने अडान राख्दै आइरहेका छन् । एमसीसीका विषले यी दुवै दलभित्रको कलहसमेत बढेको छ ।

एमसीसीमा माओवादी केन्द्र र नेकपा एसका द्वैध चरित्र

गठबन्धन आबद्ध एक शीर्ष नेताका अनुसार दुवै दलबाट सरकारमा सहभागी मन्त्रीहरू एमसीसीका पक्षमा पार्टी उभिनुपर्ने भन्दै लबिङमा छन् । तर, सरकारमा मन्त्री नभएकाहरू भने एमसीसी खोइरो खन्दै विरोध गरिरहेका छन् ।

‘सरकारमा मन्त्री बनेका धेरै नेताहरू एमसीसीको पक्षमा छन्, मन्त्री बन्न नपाएकाहरू एमसीसीको विरोधमा छन्, माओवादी केन्द्रकाभन्दा नेकपा एसका मन्त्रीहरूको जोडबल एमसीसीका पक्षमा छ,’ गठबन्धन आबद्ध दलका ती नेताले राजधानीसँग भने ।

सरकारमामन्त्री रहेकी नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको धारणा नै सरकारमा रहुन्जेल आफ्नो धारणा हुने भन्दै एमसीसीमा कूटनीतिक भाषामार्फत समर्थन जनाउँदै आएकी छन् ।

मन्त्री झाँक्रीले ‘तपाईँको पार्टीको निर्णय एमसीसीका विरुद्धमा हो ?’ भन्ने प्रश्नमा राजधानीसँग भनिन्, ‘पार्टीले निर्णय गर्दै गर्छ ।’

यसैगरी, नेकपा एसबाटै सरकारमा मन्त्री रहेका प्रेम आले, मन्त्री किसन श्रेष्ठ र विरोध खतिवडासमेत एमसीसीका पक्षमा छन् । स्रोतका अनुसार नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मासमेत एमसीसीको विपक्षमा छैनन् । तर, पार्टीभित्रको आन्तरिक समस्याका कारण उनी खुलेका छैनन् । आइतबार संसद्मा एमसीसी टेबल गर्दा उनको साटो सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका विपक्षमा पार्टी उभिने भन्दै सरकारले टेबल गरेको एमसीसीको विरोध गरिरहेका छन् । उनीसमेत सहभागी भएको आइतबार बिहानको वालुवाटारको सत्ता गठबन्धन बैठकले नै एमसीसी संसद्मा टेबुल गर्ने सहमति गरेको थियो ।

सो बैठकमा नेकपा एसका अध्यक्ष माधव नेपालसमेत सहभागी थिए । उनलेसमेत संसदमा एमसीसी टेबल भएलगत्तै एमसीसी कुनै हालतमा पास हुन नदिने भन्दै विपक्षमा उभिने बताउँदै आइरहेका छन् । नेकपा एसको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकलेसमेत एमसीसीको विपक्षमा उभिने निर्णय नै गरिसकेको दाबी गरिएको छ ।

सोमबार साँझ नेकपा एसका महासचिव बेदुराम भुषालले वक्तव्य जारी गर्दै एमसीसीको विपक्षमा उभिने निर्णय भएको बताएका हुन् । सत्तामा आसीन दलले गठबन्धन बैठकमा एउटा निर्णय गर्ने तर पार्टीको बैठकमा अर्कै निर्णय लिने अवस्थाका कारण दुवै दलका नेताकार्यकर्तासमेत अन्योलमा छन् । उनीहरू पार्टी सरकारमा रहेकै बेला सडक आन्दोलनमा उत्रिनसमेत बाध्य छन् । यस्तै, आन्दोलन हिंसात्मक बन्दै जाँदाको सास्तीसमेत उनीहरूले भोग्दै आइरहेका छन् ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …