तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नयाँ दिल्ली । भारतमा पछिल्लो एक दिनमा तीन लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सोमबार विहान सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा तीन लाख छ हजार ६४ जना नयाँ सङ्क्रमित भएका हुन ।

अघिल्लो दिनको तुलनामा भने दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको छ । अघिल्लो दिनभन्दा २७ हजार ४६९ कम हो ।

त्यसैगरी दैनिक परीक्षण पनि घटेको छ । अघिल्लो दिन १८ लाख ७५ हजार ५३३ जनाको  परीक्षण गरिएकोमा पछिल्लो २४ घण्टामा १४ लाख ७४ हजार ७५३ जनाको परीक्षण गरिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या २२ लाख ४९ हजार ३३५ रहेको छ । 

भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८९ हजार ८४८ रहेको छ ।

त्यसैगरी पछिल्लो एक दिनमा दुई लाख ४३ हजार ४९५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। 

एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै रहेकाले सक्रियसङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …