तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेकपा (एमाले) को आठौं  जिल्ला अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोट गरिएका छन् । यही पुस २३ गतेदेखि पाटनमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न हुन् । एक सय सङ्गठित सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट हुने प्रावधान छ । 

यसैगरी दलित सङ्गठित सदस्यबाट एक सय  बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट हुने प्रावधान छ ।  सोहीअनुसार ५०९ प्रतिनिधि छनोट गरिएका एमाले केन्द्रीय सदस्य तथा जिल्ला सह–इञ्चार्ज लीलाधर भट्टले जानकारी दिनुभयो । 

यसैबीच प्रतिनिधि छनोटसँगै अधिवेशनको  सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाएको छ ।  अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका छन् । जिल्ला अध्यक्षका रुपमा हाल नेतृत्व सम्हालिरहेका  सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्षले नेतृत्वमा दाबी गरिरहेका छन् । यता जिल्ला सह इञ्चार्ज भट्टले भने नेतृत्वका लागि जति जनाले दाबी गरिरहेका भए पनि सर्वसम्मतिबाटै नयाँ नेतृत्व चयन हुने बताउनुभयो । 

उहाँले भन्नुभयो,“अधिकतम प्रयास सर्वसम्मतको हुन्छ, सहमति हुननसकेका भने, लोकतान्त्रिक विधिमार्फत निर्वाचनमा जान्छौं समूहगत रुपमा उम्मेदवारी हुदैन । स्वतन्त्र रुपमा मापदण्ड पुगेकोले दिन पाउँछ ।” बैतडीमा हाल एमालेका नौ हजार ३२९ सङ्गठित सदस्य रहेका बताइएको छ ।  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …