तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले  राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट आज पाँच जनाको नामावली टुङ्गो लगाउनुभएको हो । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार प्रदेश नं २ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार, कर्णालीमा अपाङ्गता अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको हो । 

सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही आधारमा अध्यक्षले आज उम्मेदवारको टुङ्गो लगाउनुभएको उहाँको सचिवालयले पुष्टि गरेको हो । 

राष्ट्रियसभाको रिक्त हुन लागेको १९ सिटमा आज मनोनयन दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ । आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम छ । सत्तारुढ गठबन्धनले संयुक्त उम्मेदवार खडा गर्ने र संयुक्त रुपमा नै दर्ता गर्ने तयारी गरेका छन् । सोमबार बिहान बसेको गठबन्धनको बैठकले भागवण्डाका आधारमा उम्मेदवार चयन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …