तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

राझा ।जोखिमपूर्ण यात्रामा रहेका चार सय ३४ जनालाई नेपालगञ्ज नाकाबाट उद्धार गरिएको छ । मानव बेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले सन् २०२१ मा जोखिमपूर्ण यात्रामा उनीहरुलाई नेपालगञ्जस्थित सीमा नाका जमुनाहबाट उद्धार गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । 

उहाँका अनुसार पछिल्लो समय सबैभन्दा बढी जोखिममा सुर्खेत जिल्ला देखिएको छ ।  एक वर्षमा ४३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उनीहरुलाई मानव बेचविखन र सुरक्षित बसाइँसराइबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धार गरिएको र पुनर्मिलन गराइएको यो दुवै सङ्ख्या अघिल्लो वर्षभन्दा बढी नै हो ।

यस्तै श्रम र यौन शोषणमा परी उद्दार गरिएको सङ्ख्या ११ छ । एक वर्षमा खोजतलासका लागि ५२५ निवेदन परेकामा २३ जना मात्र फेला परेका छन् । कोइरालाले सामाजिक सञ्जालको अधिक प्रयोग गरी सम्पर्क स्थापित गर्ने क्रम उच्च रहेकाले जोखिम बढेको बताउनुभयो ।

उहाँले राज्यसँग खोजतलास र उद्दारको संयन्त्र नहुँदा खोजतलासको कार्य प्रभावकारी हुन नसकेको बताउनुभयो । बेचविखनको बदलिँदा स्वरुपमध्ये पछिल्लो समय गर्भाशय बेचविखनका घटना पनि देखिन थालेको कोइरालाको भनाइ छ ।

रोजगारीका लागि भारतलगायत तेस्रो मुलुकमा पुगेका ३२२ जनाको अवस्था अज्ञात रहेको पाइएको छ । हराइरहेका व्यक्तिको अवस्था पत्ता लगाउन विदेशस्थित विभिन्न संस्था र निकायसँग समन्वय भइरहेको कोइरालाले बताउनुभयो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …