तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले आज शिष्टाचार भेट गर्नुभएको छ ।  

श्रम मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–सेसेल्सको  सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।

साथै उहाँहरूबीच  नेपाली कामदारलाई सेसेल्समा रोजगारी उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकारसमक्ष प्रस्तुत श्रम सम्झौताबारे पनि छलफल भएको थियो । मन्त्री श्रेष्ठले जेल सुरक्षाको लागि मात्र नभई प्रहरी सेवा र निजी क्षेत्रमा पनि अवसर दिने विषयलाई समेटेर द्विपक्षीय श्रम समझदारी गर्नुपर्नेमा जोड दिनुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कामदार छनोट, रोजगारी र स्वदेश फिर्तीलगायत विषयमा दुवै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुङ्गो लगाउन उपयुक्त हुने धारणा उहाँले राजदूतसमक्ष व्यक्त गर्नुभएको थियो ।

सेसेल्स सरकारले सुरक्षागार्ड बाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजान चाहेको जानकारी दिँदै राजदूत पिल्लेल खुला र उदार अर्थव्यवस्था भएको सेसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनुसक्ने बताउँदै सेसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने जानकारी दिनुभएको थियो । उहाँले मन्त्री श्रेष्ठलाई सेसेल्स भ्रमणका निम्ति आमन्त्रण पनि गर्नुभएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …