तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन । यसवर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनका अनुसार यस वर्ष २२ हजार ९२७ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा ९३ हजार ३१२ मेट्रिक टन उत्पादन भएको छ । धान उत्पादनमा यस वर्ष ६८८ मेट्रिक टनले कमी आएको छ । गत वर्ष सोही क्षेत्रफलमा ९४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । 

यस वर्ष धानको औसत उत्पादकत्व ४.०७ मेट्रिक टन प्रति हेक्टर रहेको छ भने गत वर्ष ४.१० प्रतिशत थियो । चितवनलाई धानको भण्डार नै मानिन्छ । यहाँ सावित्री, वार र सावा धान धेरै लगाइन्छ । इच्छाकामना गाउँपालिका बाहेकका सबै स्थानीय तहमा धान पर्याप्त उत्पादन हुन्छ ।

 विशेष गरी भरतपुर महानगर र खैरहनी नगरपालिका धान खेती धेरै गरिन्छ । पूर्वी चितवनको पिप्ले, कठार, कुमरोज, भण्डारा, बछौलीलगायतका क्षेत्रमा बढी धान उत्पादन हुने गर्छ । चितवनको पश्चिमी क्षेत्र शिवनगर, गीतानगर, जगतपुर, मेघौलीलगायतका क्षेत्रमा पनि पर्याप्त धान उत्पादन हुन्छ ।

चितवनमा कूल खेतीयोग्य जमिन ४६ हजार ३०० हेक्टर छ । जसमा २२ हजार ९२७ हेक्टरमा मात्र धानखेती गरिन्छ । धानको उत्पादन घट्नुमा यस वर्ष डुबान प्रमुख कारण रहेको पुनले बताउनुभयो । यस वर्ष डुबानकै कारण कूल क्षेत्रफलको १२ प्रतिशत क्षेत्रफलमा लगाइएको धानमा क्षति भएको छ । 

यस्तै धान उत्पादन घट्नुका अरु कारणमा धानको फूल खेल्ने बेलामा निरन्तर पानी परिरहँदा परागशेचनमा समस्या हुनु, गबरो तथा फड्के करिाको प्रकोपमा वृद्धि हुनु, न्यून उन्नत बीउको प्रयोग नुहुनु पनि कारण रहेको पुनले बताउनुभयो । किसानले उत्पादन घट्नुका कारण धानखेतीले समयमा समयमा मल नपाउनु, किसानले उन्नत बीउ नपाउनु र सिँचाइको सुविधा पुग्न नसक्नु भएको बताएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …