तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय नै भएको बताउनुभएको छ ।

विश्वविद्यालयको आर्थिक वर्ष २०७८÷७९ को प्रस्तावित बजेट छलफल गरी पारित गर्न आज बसेको विश्वविद्यालय सभाको साधारण बैठकमा उहाँले विश्वविद्यालयले नेपालको उच्च शिक्षामा आफ्नो पृथक पहिचान र गरिमामय इतिहास कायम राखेको उल्लेख गर्नुभयो ।  प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपालको उच्च शिक्षाको विकास र विस्तारमा त्रिभुवन विश्वविद्यालयको प्रेरणादायी भूमिका छ । यसका साथै देशले अङ्गिकार गरेको उच्च शिक्षा नीति कार्यान्वयनमा त्रिविले निर्वाह गरेको भूमिका ज्यादै महत्वपूर्ण छ । उच्च शिक्षाको विकास र विस्तार कार्यमा त्रिभुवन विश्वविद्यालयले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै सक्षम जनशक्ति उत्पादन गर्न सफल हुनेछ भन्ने मेरो विश्वास छ ।”

नेपालले लामो समयसम्म राजनीतिकरूममा लोकतान्त्रिक आन्दोलन र विकासमा समय व्यतीत गर्नुपरेको उल्लेख गर्दै उहाँले देशमा राजनीतिक स्थिरता कायम हुँदा मात्र विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारका लागि वातावरण बन्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “कोभिड–१९ को सङ्क्रमणले विश्वविद्यालय व्यवस्थापनमा पनि समस्या प¥यो, जसको कारण अध्ययन अध्यापन, अनुसन्धान र परीक्षालगायत सबै काम कुरा प्रभावित हुन पुग्यो । यद्यपि विश्वव्यापी बनेको कोभिड–१९ महामारीकै अवधिमा पनि वैकल्पिक विधिबाट अध्ययन अध्यापन कार्यलाई निरन्तरता दिएको विदितै छ । यस महामारीकै समयमा पनि परीक्षा सञ्चालन गरेर आफ्नो शैक्षिक क्यालेण्डरलाई कार्यान्वयन गर्ने प्रयास गरिएको छ ।”

पछिल्लो समयमा अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीयस्तरका विश्वविद्यालयमा गरिने अनुसन्धान तथा ती विश्वविद्यालयबीचको अन्तक्र्रियाले नेपालका समग्र विश्वविद्यालयले विश्व बजारमा प्रतिस्पर्धी सीपसहितका सक्षम जनशक्ति नेपालमै उत्पादन गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्दै उहाँले त्रिभुवन विश्वविद्यालयको वर्तमान नेतृत्वले आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने अपेक्षा व्यक्त गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका चारैवटा अनुसन्धान केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न विश्वविद्यालयले समयसारणीसहितको कार्ययोजनाका साथ अग्रसरता लिनुपर्ने आवश्यकता आँैल्याउँदै प्रधानमन्त्री देउवाले त्रिभुवन विश्वविद्यालयका प्राध्यापकलाई अनुसन्धान कार्यमा सहभागी गराई उनीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मुलुकको समग्र विकास र समृद्धिको आधार शिक्षा नै भएको उल्लेख गर्दै उहाँले त्रिभुवन विश्वविद्यालयले शैक्षिक नीतिहरूसँग तादाम्यता कायम गर्दै प्रतिस्पर्धी युगमा प्रभावकारी शिक्षणका लागि शैक्षिक वातावरणमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । उच्च शिक्षालाई अनुसन्धानमूलक, सिर्जनात्मक र नवप्रवर्तनतर्फ त्रिविले आफ्नो ध्यान केन्द्रित गर्न जरुरी भएको उहाँको भनाइ थियो । “शिक्षालाई वैज्ञानिक, व्यावहारिक, रोजगारमूलक, नवप्रवर्तनात्मक र गुणस्तरीय बनाउनु आजको आवश्यकता हो । हामीले शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, धर्म र क्षेत्रको पहुँचमा पु¥याउनका लागि व्यवस्थापनमा विकेन्द्रीकरण र स्वायत्ततालाई क्रमिकरूपमा अगाडि बढाउँदै लैजानु पर्दछ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले सो अवसरमा विश्वविद्यालयले देशमा उच्च शिक्षामा जनताको पहुँच विस्तार गर्दै राष्ट्रिय आवश्यकताअनुसारका उच्चस्तरका जनशक्ति र विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट उत्पादित जनशक्तिसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने कार्यमा सफलता प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।

उहाँले विश्वविद्यालयको प्राज्ञिक उन्नयन र विकास लगायत यसको समग्र विकास र विस्तारमा योगदान पु¥याउनु हुने प्राध्यापक, शिक्षाविद्, पदाधिकारी, कर्मचारी, विद्यार्थी, अनुसन्धानकर्ता, अभिभावक, दातालगायत सबैलाई धन्यवाद दिनभयो । साथै भविष्यमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र विश्वविद्यालयको संस्थागत विकास एवं सुधार गर्न यस विश्वविद्यालय र यसमा संलग्न सबैलाई प्रेरणा र उत्साह प्राप्त होस् भन्ने शुभकामनासमेत उहाँले व्यक्त गर्नुभयो । रासस                                                                                                                                     

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …