तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ ।चाम्लिङ भाषाको अध्यापन गराउन हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषास्रोत शिक्षक)को दरबन्दी सिर्जना गरेको छ । उक्त भाषाको अध्यापन गराउने  विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च पनि उपलब्ध गराइएको छ ।  सोहीअनुसार वडा नं ८ धितुङस्थित सर्वावती प्राविका लागि हालै प्रावि तहको नगर शिक्षक चाम्लिङ भाषा स्रोत शिक्षकको एकवटा दरबन्दी सिर्जना गरिएको छ ।

नगर शिक्षा समितिको ११ कात्तिकको निर्णयअनुसार उक्त भाषाको शिक्षकका लागि विद्यालय व्यवस्थापन समितिले २२ कात्तिकमा विज्ञापन आह्वान गरेको थियो । उक्त  शिक्षकलाई  मासिक १३ हजार ५०० तलब सुविधा उपलब्ध गराइने विद्यालयले जनाएको छ । 

नगरप्रमुख इवन राईका अनुसार विद्यालयको मागबमोजिम यस्तो  दरबन्दी सिर्जना गरिएको हो । एघार वडा रहेको उक्त नगरपालिका–८स्थित धितुङका सात विद्यालयमा २०६५ सालदेखि चाम्लिङ राई भाषामा पठनपाठन हुँदै आएको छ ।

धितुङमा बुलापन्थे माविमा कक्षा ५ सम्म, सूर्यज्योति माविमा कक्षा ५ सम्म, जनचेतना प्राविमा कक्षा ५ सम्म, सर्वावती प्राविमा कक्षा ५ सम्म, दलित जनजारण प्राविमा कक्षा ५ सम्म, जनकल्याण प्रावि कल्चुडेमा कक्षा ५ सम्म, सर्वावती प्राविमा कक्षा ५ सम्म र पारुहाङशरण प्राविमा कक्षा ३ सम्म चाम्लिङ भाषामा पठनपाठन हुँदैआएको छ । सर्वावती प्राविमा चाम्लिङ भाषीले मात्र नभएर सबै जातजातिका विद्यार्थीले चाम्लिङ भाषाकै विषय अध्ययन गरिरहेका छन् ।

चाम्लिङ भाषाको संरक्षण र सम्वद्र्धनका लागि तत्कालीन गाविसमार्फत शिक्षकलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानीखर्च उपलब्ध गराइएको थियो । शिक्षकको सरुवा हुँदा सूर्यज्योति माविमा दुई÷तीन वर्ष उक्त विषयको पढाइ भएको थिएन । 

स्थानीय तह कार्यान्वयनमा आउन अगाडि उक्त भाषा शिक्षकका लागि एक आर्थिक वर्षसम्मका लागि तत्कालीन शिक्षक खम्बराज राईको पहलमा किराँत राई यायोक्खा प्रारम्भिक कमिटि गठन गरी त रु एक लाख बजेट उपलब्ध गराइएकोे थियो । यो नै शिक्षकको प्रोत्साहनका लागि विनियोजन भएको सबैभन्दा ठूलो रकम थियो ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …