तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका बेलारूसी समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले संघ राज्यको एकीकरण अध्यादेशमा हस्ताक्षर गर्नुभएको क्रेमलिनले बिहीबार जनाएको छ।

सन् २०२१-२०२३ मा संघ राज्य स्थापना गर्ने सन्धिका प्रावधानहरू कार्यान्वयन गर्ने दिशानिर्देशहरू प्रस्तुत गर्ने सम्बन्धी कागजात युनियन राज्यको सर्वोच्च राज्य परिषद्को अनलाइन बैठकमा हस्ताक्षर गरिएको छ।

सो अवसरमा राष्ट्रपति पुटिनले “यी कागजातले समन्वितरूपमा बृहत् आर्थिक रणनीति प्रवर्द्धन गर्न तयार गरिएको २८ क्षेत्रीय संघका कार्यक्रमहरू समेट्दै एकीकृत कर सिद्धान्तहरू लागू गर्ने” बताउँनुभएको छ ।

त्यसैगरी उहाँले यस कार्यक्रमबाट ऋण र वित्तीय एवं बैंकिंग क्षेत्रहरूमा, उद्योग र कृषिमा साझा नीति लागू गर्न, एकीकृतरूपमा तेलको व्यवस्थापन मिलाउँनका लागि नियमहरू तयार पार्न र ग्यास र बिजुली बजार एवं यातायात सेवाहरूको व्यवस्थापन गर्न सहज हुने बताउँनुभएको छ ।

“यी क्षेत्रगत एकीकरण कार्यक्रमहरू सञ्चालन गरेर, रूस र बेलारुसले समान र एकीकृत व्यापार वातावरण सृजना गर्ने राष्ट्रपति पुटिनको भनाइ छ।
त्यसैगरी लुकाशेन्कोले यसलाई “संघ निर्माणको बाटोमा अर्को महत्त्वपूर्ण कदम” भएको बताउँनुभएको छ। रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …