तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रामपुर:ढकमक्क फुलेका सयपत्री फूल देख्दा कस्को पो मन लोभिदैन र ? घरका आँगन वरिपरि, बगैँचाभरि फुलेका फूलले सौन्दर्य मात्र नभई तिहारको चहलपहल बढाएको छ ।
रामपुरका युवा व्यवसायी दिलबहादुर थापाले लगाउनुभएको सयपत्री फूलले यतिखेर सबैको मन लोभ्याएको छ । यहाँ तिहारलाई फूल खरिद, अवलोकन तथा टिकटक बनाउन, फोटो र भिडियो खिच्न जानेको आकर्षण छ । बुटवल, तानसेन, नेपालगञ्जलगायत विभिन्न बजारबाट फूलको माग अत्यधिक आएको छ तर स्थानीयलाई नै प्राथमिकता दिने गरी यस पटक भने बाहिरी बजारमा निर्यात नगर्ने थापाले बताउनुभयो । “विभिन्न ठाउँबाट फूल चाहियो भनेर व्यापारीले फोन गरिराख्नुभएको छ, स्थानीयबाट पनि माग उत्तिकै भएको हुँदा अहिले सबै फूल रामपुरमा नै खपत गर्नेछु”, उहाँले भन्नुभयो । यतिबेला घर अगाडिको धान फल्ने खेतभरि पहेँलै फुलेको फूलसँगै फोटो खिचाउने, टिकटक बनाउने, भिडियो खिच्नेको लर्को देख्दा आनन्दानुभूति लागेको उहाँ बताउनुहुन्छ । उहाँले तिहारलाई लक्षित गरी करिब चार रोपनी जग्गामा फूल लगाउनुभएको छ ।

यस पटकको तिहारमा मात्रै फूल बिक्रीबाट करिब रु एक लाख ५० हजार बराबरको आम्दानी गर्ने उहाँको लक्ष्य छ । एक मालाको रु १५० र एक किलो फूलको मूल्य रु ५०० कायम गरिएको छ । युवा उद्यमी थापाले तीन वर्ष अघिदेखि फूलको व्यावसायिक खेती गर्नुभएको हो । तरकारी खेतीमा लाग्नुभएका थापाले परीक्षणका रुपमा सयपत्री फूल लगाउनुभएको छ । उहाँले यसमा ग्राहकको आकर्षण र माग बढेपछि व्यावसायिक रुपमा खेती गरिरहनुभएको छ।

यसभन्दा अघि तीन पटक सयपत्री फूलको उत्पादन लिइसक्नुभएको छ । तरकारी खेतीको तुलनामा फूलबाट दोब्बर कमाइ गर्नसक्ने उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ, “आम्दानीका हिसाबले हेर्ने हो भने फूलबाट धेरै कमाउन सकिन्छ, यहाँ व्यावसायिक खेती अन्यत्र नहुँदा पनि माग धेरै आउँछ, तर पु¥याउनै सकिँदैन, व्यवसाय विस्तार गर्दै जानुपर्ने छ।

उहाँले वैदेशिक रोजगारीको एक दशकको अनुभवपश्चात् गाउँ फर्केर तरकारी र फूल व्यवसाय एकैसाथ अगाडि बढाउनुभएको छ । यस व्यवसायमा थापाका श्रीमती सुकमाया सारुले सघाउँदै आउनुभएको छ । श्रीमान् श्रीमतीको अहिले दिनचर्या नै फूल टिप्ने, माला तयार पार्नेजस्ता कार्यमा बितेको छ । घर वरिपरि जताततै फुलेका फूलले रमाइलो मात्र नभई परिवारको आयस्रोत बढाएको सुकमाया बताउनुहुन्छ । “फूल उत्पादन गर्न थालेपछि हाम्रो परिवारको पहिचान नै फेरिएको छ, यहाँ दैनिक अवलोकन गर्न आउनेको चहलपहल देख्दा रमाइलो लाग्छ, आम्दानी पनि भयो, हेर्दा सुन्दरता दिने फूलले सबैलाई लोभ्याएको छ”उहाँले भन्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …