तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नवलपरासी। सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेड भुमहि शाखाद्धारा बैंकको १७ औ बार्षिक अवसरमा महिला सशक्तिकरणका कार्यक्रम सम्पन्न भएको छ।

आज मिति २०७८ कार्तिक १३ गते महिला सशक्तिकरणका लागी बित्तिय साक्षरता कार्यक्रम हरकट्टादेवी बुहारी समुहकी अध्यक्ष पार्वति डुम्रेको अध्यक्षतामा सुसम्पन्न भएको हो। उक्त कार्यक्रममा हरकट्टा देवी बुहारी समुहका सम्पुर्ण सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

 

बैंकका कर्मचारी घनश्याम भट्टराईको सञ्चालनमा रहेको उक्त कार्यक्रमको सहजीकरण शाखा प्रबन्धक शुशिल पौडेलले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रबन्धक पौडेलले बैंक के हो र बैंकबाट के कस्तो सेवा सुविधा (वचत ऋण) लिन सकिन्छ लगायत रेमिट्यान्स सेवा, सेयर सम्बन्धी कारोवार के कसरी बैंक मार्फत गर्न सकिन्छ भन्ने बारेमा सम्पुर्ण जानकारी दिनुभएको थियो । उक्त कार्यक्रममा हरकट्टा देवी बुहारी समुहको तर्फबाट समुहकी सचिव श्री भद्रकलि पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …