तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बैतडी। दसैँ नजिकिएसँगै रोजगारीका लागि देशबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट पनि घर फर्किनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ ।

रोजगारीका लागी भारतका विभिन्न सहरमा रहेका नेपाली मजदुर दसँैका लागि घर फर्किरहेका छन् । झुलाघाट नाका भएर हाल दैनिक ७० जनाभन्दा बढी नेपाल भित्रिने गरेका सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ । सामान्य समयमा दैनिक झण्डै ३० जना फर्किने गरेका थिए । झुलाघाट नाकाभएर दिनहुँ नेपाल भित्रिनेको सङ्ख्या बढ्दै गएको छ ।   

उक्त नाका भएर स्वदेश फर्किने नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले सीमा नाकामा परीक्षण अनिवार्य गरिएको हो । उहाँले भन्नुभयो, “नाकामै हेल्थ डेस्क स्थापना गरेर परीक्षण गरिरहेका छौँ ।”

हेल्थ डेस्क स्थापना गरी उनीहरुको एन्टिजेन विधिमार्फत  कोरोना परीक्षण भइरहेको छ । झुलाघाट नाकाभएर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका साथै कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोटलगायतका नागरिक आवतजावत गर्ने गर्दछन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा यहाँका नागरिकलाई रोजगारीका लागि भारतकै भर पर्नुपर्ने बाध्यता छ । जिल्लामा हाल १७ कोरोनाका सक्रिय सङ्क्रमित छन् हालसम्म १८ जनाको मृत्यु भइसकेको छ ।  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …