तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिन्धुपाल्चोक । एक्सपर्ट एजुकेशन तथा भीजा सर्भिसअन्तर्गत एक्सपर्ट फाउण्डेशनले मेलम्ची बाढी प्रभावितलाई रु १० लाख सहयोग गरेको छ ।  अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका विभिन्न शाखामा कार्यरत कर्मचारीले स्वेच्छाले बाढी प्रभावितका लागि सहयोग गरेका हुन् । 

सङ्कलित रकमलाई दोब्बर बनाएर एक्सपर्ट फाउण्डेशनले रु १० लाख बनाई सहयोग रकम पठाएको फाउण्डेशनका अध्यक्ष रोशन कँडेलले जानकारी दिनुभयो । सहगोगका लागि सम्पूर्ण शाखा र फाउण्डेशनबीचको समन्वय एक्सपर्टका गु्रप जनरल व्यवस्थापक मञ्जित घिमिरे र मेलबर्न शाखाका निर्देशक सरोज शर्माले गर्नुभएको थियो । एक्सपर्ट एजुकेशनको संसारभर ४० भन्दा धेरै शाखा रहेको छ । 

अष्ट्रेलिया मेलबर्न बस्ने संस्थाका सदस्य निराजन दुलालको विशेष पहलमा फाउण्डेशनमार्फत मेलम्ची बाढी पीडितका लागि प्राप्त रु १० लाख सहयोगमध्ये मेलम्ची नगरपालिकालाई  रू तीन लाख, मेलम्ची बाढी संरक्षण तथा सरोकार समितिलाई रू दुई लाख, सिमखेत फट्टे बाढी संरक्षण समितिलाई रू एक लाख २५ हजार, बाढीबाट पूर्ण क्षति भई विस्थापित २३ घर परिवारलाई जनही १५ हजारको दरले रू तीन लाख ४५ हजार र रेडियो मेलम्चीलाई रू ३० हजार रकम आज मेलम्चीमा एक कार्यक्रमकाबीच मेलम्चीका नगरप्रमुख डम्बर अर्याल तथा अन्य सम्बन्धित समिति तथा संस्थाका प्रतिनिधिलाई संस्थाका प्रतिनिधि देवीप्रसाद लम्साल, विकाश ज्ञावली, कँडेल तथा सदस्य दुलालका बुबा नवराज दुलालले हस्तान्तरण गर्नुभएको समाजसेवी सिपी दुलालले जानकारी दिनुभयो ।रासस    

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …