तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। आज शुक्रबार साउन महिनाको शुक्ल पक्षको पञ्चमीमा नागको पुजा गर्ने पुरानो चलन चली आएको परम्परागत अनुसार भगवान शिवको गलामा भएको नाग वासुकि हुन भन्ने मान्यता छ । नाग पञ्चमीमा वासुकी नाग, तक्षक नाग र शेषनागको पुजा विधि अनुसार गरिन्छ । उत्तरा फाल्गुनी नक्षत्रपछि हस्त नक्षत्र रहनेछ ।यस क्रममा मंगल वृश्चिक लग्नमा जाने हुदाँ खास संयोग हुनेछ ।

यसै दिन कल्कि भगवानको जयन्ती र विनायक चर्तुर्थीको व्रत प्रारम्भ हुनेछ । नाग पञ्चमी देवः नागपञ्चमी पुजा र व्रतका ८ देवलाई मानिएको छ ।अनन्त, वासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शंख नामका अष्ट नागहरुको पुजा गरिन्छ ।नागपञ्चमीको व्रत गर्नेहरुले चतुर्थीको दिनमा एकपटक भोजन तथा पञ्चमीको दिन उपवास गरेर बेलुका व्रत खोल्नु पर्छ ।नाग पुजाः पुजा गर्न नागको चित्र वा माटोको सर्पको मुर्ति बनाएर ढोकाको माथी बेसार, चामल र फुल चढाएर नाग देवताको पुजा गरीन्छ ।

त्यसपछि दुध, घीउ र चीनी मिसाएर नाग देवतालाई अर्पित गर्नुपर्छ । नागलाई आरती उतार्नु पर्छ ।यदि घरको वरिपरि सर्प आएमा पनि नागको पुजा गर्ने प्रचलन छ । सर्पलाई दक्षिण फर्केर पुजा गरी बिदा गर्नु पर्छ । र अन्त्यमा नाग पञ्चमीको कथा सुन्नुपर्छ । धार्मिक ग्रन्थको सहयोगमा तयार पारीएको हो ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …