तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रुकुम(पूर्व)। रुकुम (पूर्व)को सिस्ने गाउँपलिकाले गत आर्थिक वर्षमा ८१ छोरीका ‘छोरी बचत खाता’ खोलेको छ । गत आवदेखि कार्यान्वयनमा ल्याइएको सो कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र जन्मेका ती छोरीको खाता सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाले सिस्ने –५ मा अवस्थित कृषि विकास बैंकमा खाता खोलिदिएको छ ।

गाउँपालिकाले गत साउनदेखि जन्मिएका छोरीको खाता खोलेर रु पाँच हजार जम्मा गरिदिँदै आएको छ । गाउँपालिकाले तोकेको मापदण्ड पूरा गरी जन्मिएका सबै छोरीको खाता खोलिदिएको अध्यक्ष कुमारी बरालले जानकारी दिनुभयो । छोरी बचत खाताका लागि अनिवार्यरूपमा चारपटक गर्भजाँच गराएको हुनुपर्ने छ । यस्तै स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्ने र छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्ने उहाँले बताउनुभयो ।

सबै प्रक्रिया पूरा भएपछि वडाको सिफारिश लिएर गाउँपालिकामा पुगे गाउँपालिकाले नै छोरी बचत खाता खोलिदिने गरेको छ । सोही क्रममा कार्यक्रम शुरुआत गरेको पहिलो वर्ष अर्थात् गत आवमा ती छोरीको खाता खोलिएको गाउँपालिकाले जनाएको छ । चालु आवको खाता भने अगामी भदौबाट खोल्न शुरु गरिने गाउँपलिकाले जनाएको छ । उहाँकाअनुसार छोरी बचत खाता कार्यक्रमको रकम छोरी २० वर्ष पुगेपछि मात्रै निकाल्न पाइने छ ।

यसका लागि २० वर्ष नपुगी विवाह नगरेको र पढाइ निरन्तरता हुनुपर्ने छ । बीस वर्षपछि उक्त रकम छोरीले निकालेर आफैँ चलाउन पाउने गरी गाउँपालिकाले कार्यविधि तयार पारेको छ । बीस वर्ष नपुगी छोरीले विवाह गरेमा सो रकम गाउँपालिकाको खातामा फिर्ता हुने गाउँपालिकाले जनाएको छ । बालविवाह रोक्ने, बीस वर्षसम्म निरन्तर छोरीलाई पढाउने, उच्च शिक्षा अध्ययन गर्न चाहेमा पनि २० वर्षपछि उक्त रकम निकालेर अध्यन गर्न मिलोस् भन्ने उद्देश्यले छोरी बचत कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो ।

बचत कार्यक्रमबाट छोरीको सुरक्षालाई प्राथमिकतामा राखिएको छ । यस कार्यक्रम गाउँपालिकामा निकै नै प्रभावकाराी भएको पाइएको गाउँपलिकाले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …