तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पोखरा। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज०द्वारा सञ्चालित यस वर्षको ‘कञ्चन पत्रकारिता पुरस्कार’ पत्रकारद्वय शान्ति गुरुङ ९कास्की० र केबी रानामगर ९नवलपुर०लाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनोट समितिको सिफारिशअनुसार महासङ्घको बैठकले उहाँहरूको नाम अनुमोदन गरेको फोनिजका अध्यक्ष एमबी आस्थाले जानकारी दिनुभयो । पुरस्कार राशि जनही रु २५ हजार तथा सम्मानपत्र रहेको छ । गुरुङ रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा कार्यरत हुनुहुन्छ भने मगर नवलपुरको देवचुली टिभीमा कार्यरत हुनुहुन्छ । यही साउन २७ मा आयोजना गरिने कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिने भएको छ ।

पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजुका परिवारले सो पुरस्कार स्थापना गर्नुभएको हो । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील दुई पत्रकारलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गरिँदै आइएको छ । यसअघि बागलुङका राजेन्द्रमान राजभण्डारी र कास्कीका रुद्रबहादुर थापालाई पुरस्कार प्रदान गरिएको थियो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …