तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमलाई हटाएको छ । उनलाई वीर अस्पतालबाट प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीमा सरुवा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले पुष्टि गरे ।

स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले १० जेठमा कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो । स्वास्थ्य मन्त्रालयमा समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी पाउनु अघि उनी प्रसूति तथा स्त्री रोग अस्पतालको निर्देशक थिए । हाल प्रसूतिको निर्देशकमा डा. संगिता मिश्र रहेकी छन् । डा. गौतमलाई प्रसूतिमा के जिम्मेवारी दिएको छ भन्ने यकिन भइसकेको छैन ।

डा. गौतमलाई हटाएर डा. रुद्र मरासिनीलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारी बनाइएको मन्त्रालयका प्रवक्ता डा. पौडेले बताए । डा. मरासिनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत थिए।

आइतबार वीर अस्पतालमा धर्नामा रहेका कर्मचारीहरुसँग छलफलको क्रममा भनाभन भएपछि उनले प्रहरी बोलाएर कर्मचारीहरुलाई पिटाएको आरोप कर्मचारीहरुले लगाएका थिए । त्यसलगत्तै अस्पतालका कर्मचारीले डा. गौतमलाई फिर्ता गर्नुपर्ने माग गर्दै अस्पतालको गेटमा नै धर्ना दिइरहेका थिए ।

डा. गौतमले अनियमित ढंगबाट म्याक्सिम इन्कर्पोरेसनलाई कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालमा करोडौंको सामान उपलब्ध गराउन अनैतिक रुपमा टेण्डर दिलाएको आरोप समेत कर्मचारीहरुले लगाइरहेका छन् ।

यस्तै, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने सार्क क्षयरोग केन्द्रमा डा. रिता जोशीलाई लगिएको छ । कान्तिपुरदैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …