म्याग्दी । गण्डकी प्रदेशमा पहिलो पटक म्याग्दीमा कोभिडविरुद्ध खोपको विवरण विद्युतीय बनाउने नमूना परियोजना शुरु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको अगुवाइमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को आर्थिक तथा प्राविधिक सहयोगमा बेनी नगरपालिकामा सो परियोजना शुरु भएको हो ।
परियोजनाका कारण खोप केन्द्रमा हुने भीडभाड कम भएर सङ्क्रमणको जोखिम न्यूनीकरण गर्ने तथा खोप लगाएका व्यक्तिको अभिलेखीकरणमा पनि सहज हुने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । खोपलाई विद्युतीय बनाउने अभियानको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा बिभाग व्यवस्थापन महाशाखा, एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका तथ्याङ्क अधिकृत दिवाकर सापकोटाले नविनतम प्रविधिको प्रयोगले नगरवासीलाई निक्कै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
युएनडिपीका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले कोभिडविरुद्धको खोपको अभियानलाई सार्थक र सफल बनाउन अभियान शुरु गरिएको जानकारी दिँदै सात वटै प्रदेशका एक÷एक पालिकामा यो अभियान शुरु भएको जानकारी दिनुभयो । लुम्बिनीको बुटवल उपमहानगरपालिकामा यसअघि नै यो अभियान शुरु भइसकेको जानकारी गराउँदै उहाँले गण्डकी प्रदेशमा पनि यो अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, डब्लुएचओका डाक्टर रामु शर्मा, स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत बिजया पराजुलीलगायतले कार्यक्रमको प्रभावकारिता तथा कार्यक्रममार्फत कोभिडविरुद्धको खोप सञ्चालन गर्दा हुने सहजता तथा फाइदाका बारेमा प्रकाश पार्नुभयो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …