विर्तामोड नगरपालिका–२ का दुई युवतीलाई प्रहरीले माइती नेपालको सहयोगमा भारतको मोतिहारी जिल्लाको छौडादानीबाट उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २१ वर्षीया मन्दिरा बस्नेत र उनकी १५ वर्षीया बहिनी राधिका बस्नेतलाई उद्धार गरिएको हो । वीरगञ्ज प्रहरीको सहयोगमा उद्धार गरिएका दुवैलाई हाल वीरगञ्जस्थित माइती नेपालको उद्धार केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई विर्तामोडकै लक्ष्मी दास र सुनसरी जिल्लाको इटहरी बस्ने खुस्बुले ललाइफकाइ एक हप्ता अघि भारतको मोतिहारी पु¥याएको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो ।
गत साउन ४ गते ती युवती हराएको भन्दै खोजतलास गरी पाउँ भनी निवेदन दिएलगत्तै प्रहरीले खोजी शुरु गरेको थियो । उद्धार गरिएका दुवैलाई आफन्तको जिम्मा लगाउने पहल भइरहेको छ । त्यसैगरी भारत लैजाने लक्ष्मी र खुम्बुलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …