तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल स्याङ्जा वालिङ

मानोखाएर मुरी उव्जाउने असार साउनको समय भएकोले, गाँउ यतिखेर व्यस्त छ । खेतीको समय रमाईलो पनि छ दुःख पनि । अली अली तरिका मिलाएर वसेको परिवारलाई सहजै छ खास दुःख छैन तर परिवार टुक्रिएर घरमा उमेरको छोरा मान्छे नभएको परिवारको त घेरै अप्ठारो भैसकेको छ, खासगरी पहाडी क्षेत्रमा । वलियो पाखुरा भएका छोरा नाति घर वस्न मान्दैनन ।

खेताला कस्लाई खोज्ने पाइनै छाड्यो पाइने भए पनि पालो कुरेर समय वित्ने वेला सम्म पाइएला । जोत्नको लागि गोरु छैन भएपनि चलाउने हली छैनन । पाईहाले ज्याला यती धेरै महंगो छ, हल गोरुको रु.२०००÷ सम्म, हाते टेक्टरको घण्टाको रु.८०० /ठुलो टेक्टरको घण्टाको २४००। देखी २७००। सम्म वाटो भए भारी वोक्ने जीपको ढुवानी खर्च प्रति किलोमिटर रु.३००/४००, वाउसेको १०००। रोपाहारको ६।७ घन्टा कामगरेको ५००/ सम्म । धान गँहु ठटाउने थ्रेशर मशीनका घन्टाके रू३०००। देखी रू ३६००। सम्म । १० मुरी खेत रोप्दा करीव १००००/ लाग्छ । स्याहार्ने वेला सम्मको खर्च रू २००००/ उव्जनी १००००/ को । कोदो खेतीको हिसाव गर्दात खर्च रू १०००० /आम्दानी रु. ३०००/जति होला ।  

तरकारी तथा फलफूलको व्यावसायिक खेती वाहेक परम्परागत अन्नको खेती गर्दा  फल्ने वेला सम्मको खर्च, फाँटको जग्गाहो भने हिसाव गर्दा धान्छ तैपनि उज्व्जेको खेती वांदर र अन्य जनावरवाट वचाउन सकेमात्र । नत्र टारीटुक्रा र वारीहो भनेत उव्जनीको हिसाव भन्दा खर्च अझ धेरै लाग्छ । तैपनी वावुवाजेको थलो हो वाँझो राख्न हुन्न भन्ने मान्यताले केही जमीन आवादी छ । 

फलानाको छोरा नातिले आफनो जग्गामा खेतीगर्न पनि सकेन, कति नामर्द रहेछन भन्छन भन्ने डरले पनि केही जग्गा आवादी छ र अन्यत्र वाट पैसा आउने पेसा नभएको परिवार छ भने खानको लागि खेती गरेको छ । केहीले जसरी भएपनि किनेर खान भन्दा आँफैले उव्जाएको अन्न राम्रो भन्ने आधारमा खेती गरेका छन्। अर्मपर्मको आलोपालोको सहयोग वाट केही परीवारले अलि कम लागतमा खेती धानेका छन यो पनि खै कहिले सम्म हो । यी वाद्यताका वीच करीव ६० प्रतिशत खेतीयोग्य जमीन आवादी भएको होला वाँकी सवै वाँझो छ । फलेको मध्ये घरलाई पुगेर वढी भएको अन्न बेचौ न त भन्यो वजारका सलल परेका चामल मकै किन्छन गाँऊको विक्न गाह्रो पर्छ ।

निकास मिलेको ठाऊमा त वरु जोत्नको लागि ठुलो टेक्टर वाट काम गर्न केही सहज हुन्छ अलि सरल पर्छ । तैपनी भाई अंश लाग्दा लाग्दै जग्गा टुक्रा भएर वाटो निकास नमिलेर जोत्न नमिलेको सम्स्या तेत्तिकै छ ।, खेती गर्ने राएपाटो मिलाउन नसकिदा भो ! यती हैरानी हुन्छ कुरै छाडौँ। आज हल खेतारा आउछन भन्यो नास्ता अर्नीको जोहो गर्‍यो आईदिएनन भने सवै खत्तम , जोत्न समयमा टेक्टर वा हली आएन दिन भरी निराश भयो वस्यो । सवै कुरा जुट्यो कुलोमा पानी पुगेन फेरी निराश । यावत कुरा मिलाएर पनि सानोकुराको अभावमा मेलो भताभुङग हुन्छ । 

जन वल मिलाएर काम गर्ने ताक कती रमाईलो हुन्थ्यो । अहिले ती सवै किम्वदन्ती जस्तै भैसके । यस्तै रहंदै जान्छ भने अव गाँउ धेरै टिक्ने वाला छैन । यसका लागि ठाउँ आनुसारका अत्यन्त अनुकुल कृषि यन्त्र वनाउनु पर्छ । गाँउमा उव्जेको अन्नहरुलाई खर्चको हिसाव उठ्ने सम्मको भएपनि मुल्यमा वेच्ने व्यवस्था स्थानीय सरकारहरुवाट व्यवस्था हुन आवस्यक छ । जङ्गली जनावरले गर्ने खेतीको नोक्सानीको  क्षतिपुर्ती गर्ने व्यवस्था हुन अनिवार्य छ । समयमा मोल वीउ पाउने ग्यारेन्टी नै गर्नु पर्छ । कुषी यन्त्रमा भारी अनुदानमा कुनै मोलाहिजा विना सहज तरीकाले दिने व्यवस्था हुनु पर्दछ ।

अहिले पनि अनुदान वितरणमा मानिसहरु गुनासो गर्दै छन । कृषि उपकरण भाडादर धेरै महङ्गो लिनेगरेका छन पहाडमा, मधेशमा अहिले पनि टेक्टरको भाडा करिव रू १२।१५०० छ तर पहाडमा २४ देखी २७००। सम्म यी दरहरू स्थानीय गा.पा. नपाहरूले नियमन गर्ने र तोक्ने गर्नुपर्दछ र हालको दरमा कमी गरिनु पर्दछ,कृषि श्रमिकको ज्यालादर घन्टाको हिसाव तोकेर स्थीति वसालिन आवश्यक छ । तीनवटै तहका सरकारहरुबाट धेरै कृषीका कार्यक्रम सन्चालन भैपनि रहेका र ती पनि वास्तविक परिवर्तनका लागी भन्दा पनि चुनावको गुन र पौचो तिर्न मात्र होकी जस्तो देखिन थालेको छ र कार्यक्म गुणात्मक भन्दा प्रचारमूखी भएको भनेर भनेर आरोप लगाउने गरेका छन् यस विषयमा स्वयं सरकारहरूले समीक्षा गर्न जरुरी छ । 

कसरी मिल्नेहो सरल तरिकाले जमीनको टुक्रालाई एकीकृत गर्न सके खेतीको लागत मुल्य अलि कम हुनेथियो र खेती गर्नपनि सहज । २० हजार खर्च गरेर १० हजारको अन्न भित्राउने  खालको कृषि पेशा अव धेरै समय धानिने देखिदैन कुन उपायले हुन्छ अव अवस्था बदल्न जरुरी भैसकेकोछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …