तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेबाट भदौ ९ गतेसम्म कक्षा १२ को परीक्षा संचालन गर्ने निर्णय गरेको छ । बोर्डले मंगलबार परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

होम सेन्टर (विद्यार्थीले पढेकै विद्यालय) मा नै परीक्षा लिइने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाए । यसअघि देशभरका सीमित परीक्षा केन्द्रमा मात्रै परीक्षा संचालन हुँदै आएको थियो ।

गत वर्ष कोरोना महामारीका कारण पूर्णाङ्क घटाएर परीक्षा लिए पनि यस वर्ष विषयअनुसार शतप्रतिशत पूर्णाङ्कमा परीक्षा लिइने अर्यालले बताए । 

गत वर्ष ४० प्रतिशत पूर्णाङ्कमा मात्रै परीक्षा लिएका थियौं,’ उनले भने, ‘यसपाली १ सय पूर्णाङ्कमा नै परीक्षा संचालन हुनेछ ।’

स्वास्थ्य मन्त्रालयले तोकेका माण्दण्ड पूर्ण रुपमा पालना गरेर मात्रै परीक्षा संचालन गरिने उनले जनाए । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …