तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

कमल थापा

नेपालको संविधान २०७२ मा रहेका गणतन्त्र, धर्मनिरपेक्षता र संघियता प्रति हाम्रो असहमति रहेको तथ्य सर्वविदित छ । तथापि यस संविधानमा संसदीय व्यवस्था, बहुदलीय प्रजातन्त्र, शक्ति पृथकिकरणको सिद्धान्त, समावेशी मान्यता, आवधिक निर्वाचन, जनताको अभिमतबाट सबै विषय परिवर्तन गर्न सकिने प्रावधान, मानव अधिकार र जनताको सर्वोच्चता जस्ता विषयहरू समेटिएका हुँदा हामीले संविधानलाई आलोचनात्मक समर्थन गर्ने तथा संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने नीति अवलम्वन गरेका हौँ ।

प्रतिनिधिसभा विघटन सम्बन्धि रिट निवेदनका वारेमा आज सर्वोच्च अदालतले गरेको फैसला र परमादेशले संसदीय व्यवस्था, बहुदलीय प्रणाली र शक्ति पृथकिकरणको मान्यता माथि गम्भीर प्रहार भएको छ ।

आजको फैसलाले के पि ओलीको ज्यादतिबाट पिडितहरूलाई तत्कालको निम्ति केही राहत मिलेको होला । प्रधानमन्त्री वा मन्त्री हुनेहरूलाई केही सुविधा वा लाभ पनि प्राप्त होला । तर, यो फैसलाले नेपालको राजनीतिमा दूरगामी नकरात्मक प्रभाव पारी रहने निश्चित छ । आज के पि ओली दुःखित होलान्, आगामि दिनमा अरू धेरैले दुःख पाउने निश्चित छ ।

बिशेष गरी संविधानको धारा ७६(५) को प्रयोग गर्दा सांसदहरू माथी दलको नियन्त्रण नहरने सर्वोच्च् अदालतको फैसला अत्यन्त घातक छ र यसले भविष्यमा दलहरूको अस्तित्व नै धरापमा पर्ने छ ।

हामीले अवलम्वन गरेको मिश्रित निर्वाचन प्रणालीको कारण आमचुनावमा साधारणतया कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्ने संभावना अत्यन्त कम छ । त्यस्तो अवस्थामा धारा ७६(५) को प्रयोग बारम्बार गर्नु पर्ने हुन्छ । सांसदहरू स्वतन्त्र र दलविहिन हुन पाउने भएपछि पार्टीको एकता र अनुशासन कसरी कायम गर्ने ? एउटा पार्टीको अध्यक्ष हुनुको नाताले म आफैपनि अत्यन्त चिन्तित भएको छु ।

पार्टीको टिकटमा, पार्टीको घोषणापत्रको आधारमा र पार्टीको सहयोगबाट चुनाव जित्ने अनि सरकार बन्ने बनाउने बेला दलको नियन्त्रण भन्दा बाहिर गएर स्वतन्त्र हैसियतमा निर्णय गर्न पाउने कस्तो परम्परा हामी कायम गर्न खोजि रहेका छौँ ? एउटै पार्टीका केही सांसद सत्तापक्ष अनि केही प्रतिपक्षमा बस्ने अवस्था कस्तो संसदीय प्रजातन्त्र बनाउन खोजि रहेका छौँ ? आज अदालतको फैसलालाई ऐतिहासिक भन्नेहरूले पनि एकपटक गम्भीर भएर सोच्नु पर्ने भएको छ ।

अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रि बनाउने क्रममा नेकपा(एमाले) र जसपा जस्ता पार्टीहरू त सग्लो रहन सकेनन् भने आगामि दिनमा यही नियति आज उत्सव मनाउने नेपाली कांग्रेस वा नेकपा (माओवादी) भोग्नु पर्दैन भन्ने के ग्यारेण्टि छ ?

अर्काका पार्टी फुटाएर, अरू नै प्रयोजनको निम्ति संकलन गरिएको हस्ताक्षर प्रयोग गरेर, अपवित्र गठवन्धन बनाएर गरिएको दाविलाई सनाखत वा संसदमा परिक्षण नै नगराई ठाडो आदेशबाट प्रधानमन्त्रि नियुक्ति गर्न परमादेश दिनुले राजनीतिमा गलत नजिर र परम्परा कायम हुन गएको छ ।

बुढी वा बुढा मरे भन्ने भन्दा पनि काल पल्कने खतरा टडकारो देखिन्छ । सर्वोच्च अदालतको आजको फैसलाले देशमा अस्थिरता र अराजकताको श्रृंखला कायम भयो भने भोलीका दिनमा राजनीतिककर्मी मात्र होईन स्वयं न्यायमूर्तिहरू र न्यायालय पनि जिम्मेवार ठहरिने छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …