तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । कखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका साथै कुखुरामा देखिएका रानिखेतलगायतका रोग र पछिल्लो समय लगातारको वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोको प्रकोपले गर्दा कुखुरा उत्पादनमा असर पर्न गई मासुको मूल्य बढेको हो ।

कारोना महामारीका कारण उत्पादन भएका कुखुरा नबिक्ला कि भन्ने डरले अहिले कतिपय किसानले खोर खाली नै राखेका छन् भने यसअघि विभिन्न जिल्लामा देखिएको रानिखेत रोगले गर्दा पनि किसानहरूमा केही त्रास छाएको छ । लगातारको वर्षाका कारण आएको बाढीपहिरोले कुखुरा पालक किसान घटेपछि चल्ला उत्पादनसमेत घटाउनु परेको व्यवसायीहरूको भनाइ छ । सरोकारवालाहरूका अनुसार कोरोना महामारी, रानिखेत र बाढीपहिरोको प्रकोपका कारण अहिले ३० प्रतिशतजति कुखुरापालक किसानले कुखुरा पाल्न छाडेका छन् ।

नेपाल ह्याचरी उद्योग संघका निवर्तमान अध्यक्ष टीकाराम पोखरेलका अनुसार यसअघि ४२ देखि ४५ लाख चल्ला उत्पादन हुने गरेकोमा अहिले यो परिमाण घटेर ३१ लाखमा झरेको छ । बाढीपहिरोका कारण विभिन्न जिल्लामा बाटोघाटो अवरुद्ध भएपछि किसानहरूले खोरमा नयाँ चल्ला हाल्न छाडेको उनले बताए ।उत्पादनमा असर परेपछि त्यसको प्रत्यक्ष असर कुखुराको मासुको मूल्यमा परेको बताइएको छ । मासु व्यवसायी संघले दिएको जानकारीअनुसार करीब १ महीना अघिसम्म प्रतिकिलो २ सय ९० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले ४० रुपैयाँले बढेर प्रतिकिलो ३ सय ३० रुपैयाँ कायम भएको छ । खुद्रा बजारमा भने यो मूल्य ३ सय ५० रुपैयाँसम्म रहेको छ ।

उत्पादनमा सुधार गर्न नसकिएमा मासुको मूल्य अभैm बढ्न सक्ने संघका अध्यक्ष जंगबहादुर बिसीले आर्थिक अभियान दैनिकलाई जानकारी दिए ।निषेधाज्ञा केही खुकुलो भएसँगै मासुको खपत पनि बढेको उनले बताए । निषेधाज्ञा शुरू हुने बेलामा काठमाडौं उपत्यकामा मासुको खपत २० प्रतिशत मात्र थियो भने निषेधाज्ञा खुकुलो भएपछि खपत बढेर ४० प्रतिशतसम्म पुगेको छ,’ उनले भने । सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक करीब ५ लाख किलो मासुको खपत हुने गर्छ ।

कुखुरालाई खुवाउने दाना र औषधिको समेत मूल्य बढेकाले उत्पादनमा असर परेको बताइएको छ । दाना बनाउन प्रयोग हुने भटमासको मूल्य प्रतिकिलो ७५ रुपैयाँबाट बढेर ८८ रुपैयाँ पुगेको छ भने मकैको मूल्य पनि प्रतिकिलो २६ रुपैयाँबाट बढेर ३२ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …