तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भान्सामा दैनिक प्रयोगमा आउने सामान हो, ग्यास चुल्हो । खाना पकाउनेदेखि पानी तताउने कामसम्म यसमा गरिन्छ ।

खाना बनाएपछि पुरै भान्साको सफाई गर्नु र सबै चीजहरुलाई सरक्क राख्नु कठिन काम हो । धेरै गृहणीहरुको महत्वपूर्ण समय यसैमा बित्छ । भान्साको सफाइमा ग्यास चुल्होको सफाईका बारेमा हामी यहाँ चर्चा गर्दैछौं । किनकी तेल र अन्य फोहोरहरुका कारण ग्यास चुल्हो सफा गर्न झण्झटिलो हुन्छ । कसरी सजिलो गरी यसलाई टल्काउन सकिन्छ त ?

एमोनियाको प्रयोग : सबैभन्दा पहिले चुल्होको बर्नर हटाउनुहोस् र यसलाई एक फस्नर भएको प्लास्टिकको झोलामा राखिदिनुहोस् । अब उक्त झोलामा एमोनिया राखेर रातभर छोडिदिनुस् । भोलीपल्ट बिहान झोलाबाट बर्नरलाई निकाल्नुहोस् । तपाईंले बर्नर पूर्ण रुपमा सफा र चमकदार पाउनुहुनेछ ।

बेकिङ सोडा र हाइड्रोजन पेरोक्साइड : सबैभन्दा पहिले चुल्होको सतह सफा गर्नुस । त्यसपछि यसमा बेकिङ सोडा छर्किनुहोस् र फेरि हाइड्रोजन पेरोक्साइड राख्नुहोस् । केही बेरपछि नै तपाईंले स्टोभमा जमेको कडा दाग र फोहोर हटेको देख्नुहुन्छ । त्यसपछि पानीले यसलाई धुनुहोस् । तपाईंको चुल्हो पूर्णरुपमा सफा हुनेछ । ध्यान दिनुपर्ने कुरा-सफा गरिसकेपछि चुल्हो नसुकुन्जेल प्रयोग नगर्नुहोस् ।

तातोपानीको प्रयोग : यो विधिमा तपाईंलाई कुनै पनि किसिमको रसायनको प्रयोग गर्नुपर्ने आवश्यकता छैन । स्टोभको पुरै सतहमा उम्लिएको पानीलाई राखिदिनुहोस् । तातो पानीलाई त्यतिबेलासम्म रहन दिनुहोस्, जबसम्म चिसो हुँदैन । यसपछि तपाईं देख्नुहुन्छ, जमेको फोहोर र तेल सफा भएको । यदि फेरि पनि लेस्सिएको फोहोर वा केही सुख्खा दाग बाँकी रहृयो भने भने साबुनको प्रयोग गरेर स्क्रबले यसलाई सजिलै सफा गर्न सक्नुुहन्छ । यो उपाय ती मानिसहरुको लागि सबैभन्दा राम्रो विकल्प हो जसलाई केमिकलसँग एलर्जी छ ।

भाँडा धुने साबुन र बेकिङ सोडा : एक सानो कचौरा लिनुहोस् र यसमा भाँडा माझ्ने साबुन र बेकिङ सोडाको बराबर मात्रा लिनुहोस् । भाँडा धुन तरल पदार्थ वा धुलो प्रयोग गर्नुहुन्छ भने त्यो पनि लिन सक्नुहुन्छ । अब यी दुवै सामानलाई राम्रोसँग मिसाउनुहोस् र यसमा स्पन्ज डुबाउनुहोस् । अब स्पन्जले तपाईं आफ्नो चुल्होलाई सजिलै सफा गर्न सक्नुहुन्छ । यो मिश्रणलाई तयार गरेपछि तुरुन्त प्रयोग गर्नुपर्छ । भण्डार गरेर राख्दा लामो समयसम्म वायुमण्डलको सम्पर्कमा आउनाले यो मिश्रण विषाक्त बन्छ ।

रेजर स्क्य्रापर : अरु कुनै उपाय लागेन भने यो विकल्प अपनाउन सक्नुहुन्छ । यसको प्रयोग गर्न तपाईंले रेजर ब्लेडलाई एक एंगलबाट समात्नुपर्छ र यसको मद्धतले स्टोभमा लागेको कडा सुख्खा र दागलाई हटाउन सक्नुहुन्छ । त्यसपछि एक स्पन्ज लिनुहोस् र त्यसलाई पानीमा डुबाएर स्टोभलाई राम्रोसँग सफा गर्नुहोस् । तर, ध्यान दिनुपर्ने कुरा यो विधीको प्रयोग गर्ने क्रममा तपाईं पूर्णरुपमा सावधान रहनुपर्छ, किनभने हतारमा गर्दा स्टिलको स्टोभमा स्क्र्याच हुन सक्छ ।

नुन र बेकिङ सोडा : यसको लागि एक चम्चा पानी, एक चम्चा बेकिङ सोडा र एक चम्चा नुनलाई मिसाएर पेस्ट बनाउनुपर्छ । सबै सामग्रीलाई राम्रोसँग मिसाउनुहोस् । यसपछि यसमा एक कपडा वा स्पन्ज राख्नुहोस् र त्यसले स्टोभको सफाई गर्नुहोस् । स्टोभमा लागेको सबै दाग हट्नेछन् । यो स्टोभको सफाईको सबैभन्दा प्रभावकारी विधी हो । यसमा धेरै मेहनत पनि गर्नुपर्दैन ।

सेतो भिनेगर : एउटा स्प्रे बोतलमा एक तिहाइ सेतो भिनेगर र दुई तिहाइ पानी भरिदिनुहोस् । भिनेगरको अम्लताले चुल्होबाट सबै किसिमको दाग हटाउन महत्वपूर्ण भूमिका निभाउँछ । खाना बनाएपछि तुरुन्त स्टोभमा स्प्रे बोतलमा भरिएको भिनेगर पानीको मिश्रण छर्किनुपर्छ र केही समयसम्म यसलाई छोडिदिनुपर्छ । यसपछि तपाईं स्पन्जको मद्दतले चुल्होलाई सजिलैसँग सफा गर्न सक्नुहुन्छ । यो उपाय धेरै प्रभावकारी र सजिलो पनि छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …