तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ। सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ ।

जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरिएको छ । यो घोषणापछि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्नेछन् । यसअघि कक्षा १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने गरिएको छ । सरकारले कक्षा १२ लाई विद्यालय तहका रूपमा अङ्गीकार गरेको छ ।

जनक शिक्षाका महाप्रबन्धक अनिलकुमार झाले सरकारले भनेकै समयमा पुस्तक उपलब्ध गराउन सक्षम रहेको जानकारी दिनुभयो । जनक शिक्षाले हाल कक्षा ११ का नेपाली, अङ्ग्रेजी, सामाजिक विषयका पाठ्यपुस्तक छपाइ गरिरहेको छ । जनक शिक्षाले गतवर्ष पनि कक्षा ११ का अनिवार्य विषयका पाठ्यपुस्तक प्रकाशन गरी बिक्री वितरण गरेको थियो ।

कक्षा १२ को पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रले छपाइका लागि स्वीकृति दिन बाँकी रहेको जनाएको छ । सरकारले असारबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने निर्णय यसअघि नै गरिसकेको छ । यो अवस्थामा नयाँ शैक्षिक सत्र प्रारम्भ भएलगत्तै विद्यार्थीको हातमा नयाँ पुस्तक पु¥याउन समस्या नहुने जनक शिक्षाले दाबी गरेको छ ।

जनक शिक्षाले हाल सामुदायिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई आवश्यक पर्ने पुस्तक छपाइ कार्य पूरा गरेर बिक्री वितरणको तयारी सुुरु गरेको छ । कक्षा ४ देखि १० सम्म एक करोड ७७ लाख थान पुस्तक छपाइ गरिएको छ । यसको वितरणका लागि प्रदेशका कार्यालयमा पठाइसकिएको जानकारी महाप्रबन्धक झाले दिनुभयो । जनकका विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा प्रदेश कार्यालय रहेका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्लाले सरकारी छापाखानाको ढुवानीलाई सवारीसाधनमा ब्यानर वा प्रिन्ट राखी राति ९ बजेदेखि बिहान ९ बजेसम्म न्यूनतम जनशक्ति प्रयोग गरेर काम गर्न बाटो खोलिदिएका छन् ।

तर यतिले मात्रै विद्यार्थीको हातमा पुस्तक पु¥याउन सम्भव नहुने महाप्रबन्धक झाले बताउनुभयो । सबै जिल्लामा पुस्तक पसल खुल्ने या जनक शिक्षाका बिक्रेताले पुस्तकको कारोबार गर्न पाएमा विद्यार्थीको हातमा पुस्तक पु¥याउन सम्भव हुने जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …