तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कोरोना भाइरस महामारीले मानव समुदायलाई आक्रान्त बनाएको छ। निषेधाज्ञाका कारण अधिकांश नेपाली अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाएका छैनन्। यस्तो बेला मन बहलाउन, सूचना ग्रहण गर्न, आफन्त तथा परिवारजनसँग वातचित गर्न सामाजिक सञ्जालको प्रयोग बढ्नु स्वाभाविकै हो। तर, फेसबुक, ट्विटर, टिकटकलगायत सञ्जालमा राखिने कतिपय ‘पोस्ट’ले खिन्न मात्रै होइन आतंकित नै बनाउँछन्। शवको तस्बिर, अनेक अफवाहलगायत सामग्रीले पीडितलाई त पीडा थप्छ नै सद्देलाई पनि बिरामी बनाउँछ।

भक्तपुरको गठ्ठाघर बस्ने प्रवीण निरौला अहिले आफूलाई सामाजिक सञ्जालले मानसिक रूपमा कमजोर बनाएको बताउँछन्। मृतकका वीभत्स तस्बिर राखेर सामाजिक सञ्जाल भरिँदा सञ्चै रहेका आफन्तलाई थप पीडा दिने गरेको निरौलाको बुझाइ छ।

‘फेसबुकको वाल हेर्नै मन लाग्दैन। कोरोना लागिहाले उपचार नपाएर मरिन्छ कि भनेरै अत्तालिन्छु। बच्चाहरूको खुब माया लागेर आउँछ’, उनी भन्छन्, ‘गलत सूचना र फोटोहरू पनि उत्तिकै सेयर भइरहेको हुन्छ। घरमा सामान्य खोकी लागे पनि कोरोनाले छोयो कि भनेर यसै बढी हुन्छ। औषधि लिन दौडिहाल्छु।’ मृतकको कारुणिक तस्बिर पोस्ट गर्ने प्रतिस्पर्धाजस्तै देखिएको छ। कसले छिटो पोस्ट गर्ने भनेजस्तो गलत प्रवृत्तिको विकास भएको छ। हुन त मृतकलाई श्रद्धाञ्जली व्यक्त गर्नु स्वाभाविकै हो। तर, सञ्जाल प्रयोगकर्ता संयमित नहुँदा आफन्त मात्रै होइन अरूलाई असर पर्ने तस्बिरसहितका पोस्टहरू भइरहेका छन्। जसले गर्दा अहिले सामाजिक सञ्जाल हेरिनसक्नु बनेको छ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …