तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

डोटी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र उपचार गर्नका लागि ठाउँ अभाव भएपछि नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालयमा रहेको बिपी स्मृति भवनमा अस्थायी कोभिड अस्पताल बनाउन दिने निर्णय गरेको छ ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४२१ पुगेको र उपचार गर्नमा असहज भएको खबरपछि कांग्रेसले उक्त निर्णय गरेको हो । सङ्क्रमितको उपचारका लागि अस्थायी कोरोना अस्पताल सञ्चालन गर्नका लागि पार्टी कार्यालय उपलब्ध गराउने निर्णय गरिएको पार्टी जिल्ला सभापति प्रदीपकुमार देउवाले बताए ।

अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि जिल्ला अस्पतालले स्रोतसाधन जुटाएर चिकित्सकसहित आफ्नो पार्टी कार्यालयमा अस्थायी अस्पताल सञ्चालन गर्न सक्ने निर्णय भएको सभापति देउवाले जानकारी दिए। पार्टी कार्यालयमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्नका लागि यहाँको शिखर नगरपालिकाले आफ्ना तर्फबाट १० श्यया उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख सीताराम जोशीले जानकारी दिए ।

यसैगरी उक्त नगरपालिकाले बाहिरी जिल्लाको शव व्यवस्थापनका लागि घाट र दाउरासमेत उपलब्ध गराउने बताइएको छ । कोरोना सङ्क्रमितको उपचारमा सहजताका लागि नगरपालिकाले जिल्ला अस्पताललाई रु एक लाख उपलब्ध गराउने निर्णय गरेको नगर उपप्रमुख धौलदेवी रावलले जानकारी दिए ।

कोभिड अस्थायी अस्पतालका लागि कांग्रेसले उपलब्ध गराएको भवनमा आवश्यक सामग्रीसहित कोरोना सङ्क्रमितको उपचारका लागि तयारी गरिने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …