तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशील सुबेदी

सिन्धुपाल्चोक। मेलम्ची नगरपालिका कृषि विकास शाखाबाट ४० प्रतिशत अनुदानमा मल्टिक्रप थ्रेसर मेशिन वितरण गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालको उपस्थितीमा १९ थान थ्रेसर मेशिन विशेष गरी गहुँ, धान र कोदो कुट्न प्रयोग गर्न सकिने आधुनिक मेशिन वितरण गरिएको कृषि शाखाका प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो । ५८ हजार पर्ने थ्रेसर मेशिनलाई नगरपालिकाले ४० प्रतिशत अनुदानमा वितरण गर्दा ३४ हजार ८ सय पर्न गएको छ ।

यस अघि ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएकोमा यस पटक १० प्रतिशत कम अनुदानमा थ्रेसर वितरण गरिएको हो । यसैगरी बर्षेनी अनुदान प्रतिशत कम गर्दै लैजाने र अनुदान घटाएर सामाग्रीको संख्या बढाउँदै लैजाने नगरको लक्ष्य रहेको पनि आचार्यले बताउनुभयो ।

मेशिन वितरण गर्दै नगर प्रमुख डम्बर अर्यालले यसको ठीक ढंगले सदुपयोग गर्नुपर्ने बताउनुभयो । शतप्रतिशत अनुदानमा नगरले वितरण गर्दा त्यसको सहि सदुपयोग तथा मर्मत संभार नभएको पाईएकोले कृषक स्वयंलाई पनि समावेश गरी अनुदान रकममा केही कटौति गर्नुपरेको पनि प्रमुख अर्यालले प्रष्ट्याउनुभयो । वितरण गरिएको मेशिन मल्टिक्रप भएकाले यसले निश्चित समयमा केही व्यक्तिलाई रोजगरी सिर्जना गर्ने पनि अर्यालले बताउनुभयो ।

समयको पनि बचत हुने र बचत भएको समयमा थप उत्पादन बढोस् भन्ने उदेश्यका साथ यस प्रकारको उपकरणहरु वितरण गरिएकाले यसको प्रभावकारितामा ध्यान दिन प्रमुख अर्यालले किसानहरुलाई आग्रह गर्नुभयो । उक्त मल्टिक्राप थ्रेसर मेशिन सहकारी, समूह र व्यक्तिगत फर्म मार्फत किसानहरुलाई वितरण गरिएको हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …