तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

ताप्लेजुङ्ग । ताप्लेजुङ्गको मेरिङदेन–३ मा फागुन १८ गते दोभानमा भएको आगलागी घटनालाई लिएर प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले दु:ख व्यक्त गर्नुभएको छ।

राई आज आगलागी बस्तीमा पुगेर पिडित परिवारहरुलाई तत्काल आवश्यक पर्ने खाद्यान्न लगायतका राहत सामाग्री प्रदेश सरकारको तर्फबाट हस्तान्तरण गर्नुभएको छ ।

पिडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद र डेराभाडामा बस्दै आउनु भएका परिवारलाई प्रति परिवार ३० हजार नगद उपलब्ध गराउने भएक छ । यस ठाउँको पुनः निर्माणमा प्रदेश सरकारले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखी संघीय सरकारसँगको समन्वयमा थप सहयोगका लागि पहल गर्ने बताउनु भएको छ ।

राईले सामाजिक सन्जाल फेसबुकमा आगलागीमा परी घाइते हुनुभएको मेरिङदेन–३ दोभानका भोला पौडेललाई थप उपचारका लागि काठमाडौं पठाइएको र उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …