तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

सोलुखुम्बु।नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले देश अन्योल ग्रस्त अवस्थामा प्रवेश गरेको हुँदा सबै मिलेर देशलाई बचाउनु पर्ने बताउनु भएको छ ।

बिहीवार सोलु काठमाण्डौ सम्पर्क समितिले चावहिलमा आयोजना गरेको बैठकलाई प्रमुख अथितीको आसनबाट सम्बोधन गर्नुहुदै केन्द्रिय सदस्य केसीले नेकपाले जनताको आखामा छारो हाल्ने काम गरी राखेको र जनताले पनि नेकपाको नाटकलाई धेरै नजिक बाट नियाली रहेको बताउनु भएको छ।

ओलीले निर्वाचन गराउन सक्लान वा संसद पुर्नस्थापना होला  होला भन्ने भ्रमलाई अदालतले छिट्टै टुङ्ग्याउनु पर्ने बताउनु भएको छ।

फरक प्रसंगमा केसीले आफू जनताको हितको लागि सबै त्याग्न तयार रहेको बताउदै आफुमा कुनै स्वार्थ छैन जनता र देशको भलाईको लागि लडेर अझै लडी रहने प्रतिवद्वता ब्यक्त  गर्नुभयो।

कार्यक्रमलाई नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद कुमार बस्नेत महासमिति सदस् द्वोय खिलराज बस्नेत, भोजराज कार्की, नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाश सिंह कार्की, आङछिरिङ शेर्पा, किसान संघ सोलुखुम्बुका अध्यक्ष हुतराज बस्नेत कांग्रेसका नेताहरू बेद प्रसाद बन, सरोज बस्नेत, चोलेन्द्र कार्की, नवीन कार्की, चन्द्र खालिङ, राम मगर, लिलाराम बस्नेत, रामचन्द्र बस्नेत लगाएतका नेताहरूको उपस्थिति रहेको सम्पर्क समितीका सभापति गोकर्ण बस्नेतले जानकारी दिनुभयो।

कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीको प्रमुख आथित्यता तथा सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …