तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। नेपाली कांग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका बनाएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने गरी नयाँ निर्णय गरेको हो ।

नयाँ कार्यतालिकाअनुसार फागुन १५ सम्म समायोजनको काम टुंगो लगाउने, फागुन २८ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएको छ ।

त्यस्तै आउँदो असार २० गते वडा र पालिकाको अधिवेशन, २२ गते प्रदेश सभाको अधिवेशन, २५ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असार २७ गते, जिल्ला अधिवेशन असार ३० र प्रदेश अधिवेशन साउन ६ गते गर्ने नयाँ कार्यतालिकामा उल्लेख छ ।

पार्टीको केन्द्रीय अधिवेशन भने भदौ ७, ८, ९ र १० गते गरिनेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …