माओवादी जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व हो जुन नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) र नेपाल सरकारबीच बीच २०५२ साल देखि २०६३ सम्म चलेको थियो। युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रूपमा परिचित थियो।
विद्रोह नेकपा- माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देशका साथ यसको सुरुवात गरेको थियो थियो। विसं २०६३ साल मङ्सिर ५ गते तात्कालिक प्रधानमन्त्री र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा मा हस्ताक्षर गरेसँग यस युद्ध समाप्त भएको थियो। यो द्वन्द्वलाई मृत्युदण्ड, नरसंहार, अपहरण र अन्य युद्ध सम्बन्धित अपराध र मानवता विरुद्धका कार्यहरूले प्रतिनिधित्व गरेको छ। उक्त विद्रोहको परिणामस्वरूप नागरिक, विद्रोही, सेना र प्रहरी लगायतका १७,००० भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको थियो र अधिकांश रूपमा हजारौँ ग्रामीण भूभागका मानिसहरूको आन्तरिक विस्थापन भएको थियो।
बेपत्ता पारिएका मानिसहरूका लागि बेपत्ता छानबिन र सत्य निरूपणका लागि दुई छुट्टाछुट्टै आयोग बनेका थिए। सत्य निरूपण तथा मेलमिलाप आयोगमा यस सम्बन्धित ६४,००० उजुरीहरू दर्ता भएका थिए जस मध्ये झन्डै ४,००० को मात्रै प्रारम्भिक अनुसन्धानको काम सम्पन्न भएको बताइएको छ। बेपत्ता आयोग अन्तर्गत परेका ३,००० भन्दा बढी उजुरीहरूमा पनि छानबिन भइरहेको बताइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्रका अनुसार, मृतकहरू मध्ये १,६६५ महिला हुन्।
पुर्वमाओवादीहरुले आज जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउने गर्दछन् ।
विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको बर्षौं बितिसक्दा पनि नेताहरुले विगतमा गरेका बाचा पूरा नगरेको भन्दै जनता र पार्टी कार्यकर्ता निराश भएका छन् ।
तत्कालिन माओवादीले नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित उठाएको बन्दुक २०६३ मंसिर ५ गते बिसायो । रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध थालनी भएको थियो ।
माओवादीको आव्हानमा सामन्तका सयौं बिघा जमिन खोसेर हलिया र मुक्त-कमैयाहरुलाई बिनामुआब्जा बितरण गरिदिँदा हजारौं किसान, हलिया र मुक्त-कमैयाहरु सामन्त/जमिन्दारका विरुद्ध आन्दोलनमा माओवादीसँगै हेलिए ।
१० बर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १३ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भए ।
दश वर्षे जनयुद्धले नेपालको सामन्तवादी संरचनालाई जरैदेखि हल्लाइदियो । सामन्तवादका जराहरु गाउँ गाउँबाट काटिए । त्यसैको बलमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …