तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रबिन्द्र यादव

नवलपरासी ।नवलपरासी पश्चिम जिल्लाको पुर्व – पश्चिम राजमार्गको लमजुङ देखि रुपन्देही जाँदै गरेको गाडीमा जबरजस्ती गाडी रोकी पैसा असुलेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बर्दघाट नगरपालिका वडा नं ४ को हाइवे चोकमा कुखुरा लोड गरेको जिपमा उनिहरुको समुहले उक्त जिपका ड्राइभर संग जबरजस्ती साचो खोसी बिल भेटनरी देखाउ भनी केही कुखुराहरु समेत नष्ट गरेका थिए । 

प्रदेशको जिप ०३- ००१ च ०२२० नम्बरको गाडीमा पैसा असुलेको र केही कुखुरा नष्ट गरेको आरोपमा उनिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । 

पक्राउ पर्नेहरु बर्दघाट नगरपालिका वडा नं ४ बस्ने बर्ष २४ का कमल राना र सोही ठाउँ बस्ने बर्ष २४ कै मनिष कुवर, बर्ष २३ का संजय सुनार , २९ बर्षका सुजनमान श्रेष्ठ, ३१ बर्षका निर्मल खरेल र  बर्ष ३० का सुजन तिमिल्सिना रहेका छन् । हाल उनिहरुलाई नियन्त्रणमा लिइ थप अनुसंधान भइरहेको एसपी अजय केसीले जानकारी दिए । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …