तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल - वालिङ ,६ मिर्दी

फ्रान्सको चर्चित व्यङ्ग्य पत्रिका चार्ली हेब्डोबाट प्रकाशित हजरत मुहम्मद पैगम्वरको कार्टुन,इतिहासका एक शिक्षकले कक्षामा विद्यार्थीलाई देखाएको विषयलाई लिएर फ्रान्समा बस्दैआएका एक मुस्लिम युवकले गत १६ अक्टुवरमा सेमुअल पेटी नामगरेका ती शिक्षकको टाउको काटेर हत्या गरे । शिक्षक हत्याको निर्मम घटनापछि युरोपका अन्य मुलूकहरुमा समेत यसखालका वारदातहरु श्रृखलाबद्धरुपमा बढीरहेको छ ।…२९ अक्टुवरमा फेरी फ्रान्सकै निस शहरको चर्चमा अल्लाह हु अकवरको नारा लगाउँदै एक समूहले चक्कुले हमला गर्दा १ महिला सहित ३ जना निर्दोष स्थानीय नागरिकहरुको घटनास्थलमा नै मृत्यु भएको छ र अस्ट्रियाकाे भियानामा यहुदी मन्दिरमा भएको यस्तै अर्को हमलामा पनि धेरै मानिसहरु नराम्ररी घाइते भएका छन् । क्रुर र निन्दनीय यस हत्यापछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले धर्मको नाममा गरिएका यी हत्याहरुको कडा शव्दमा निन्दा गर्दै आँफुले नागरिकहरुको जिउधन तथा वाक स्वतन्त्रताको रक्षा गर्ने वक्तव्य दिएपछि,भने धेरै मुस्लिम देशहरुमा अहिले उनी र फ्रान्स विरुद्द जुलुश प्रदर्शनहरु भएका छन् । फ्रान्स तथा युरोपमा धर्मको नाममा भएका पछिल्ला जघन्य अपराधका यी घटनाहरु पछि भने विश्व समुदायमा, अभिव्यक्ति स्वतन्त्रताको महत्व,सीमा तथा वढ्दै गरेको धार्मिक कट्टरताकावारे नयाँ वहस सुरु भएकोछ ।

सन १७८९ को फ्रान्सेली राज्यक्रान्तिलाई आधुनिक यूगको सुरुवातको रुपमा र सन्सारको वौद्दिक क्रान्तिको रुपमा लिने गरिन्छ । तात्कालीन फ्रान्सको राजशाही व्यवस्थाको चरम अत्याचार, पोप तथा धर्मगुरुहरुको हरेक क्षेत्रमा प्रभाव र शोषणबाट आजित भएका फ्रान्सेली नागरिकहरुले सन १७८९ देखी भातृत्व, स्वतन्त्रता र समानताको नारा दिदै परिवर्तनकोलागि आन्दोलनको सुरुवात गरे । क्रान्ति अगाडि वढ्रदै जादा सन १७९२ मा प्रजातान्त्रिक अधिकार सहितको संवैधानिक राजतन्त्र रहनेगरी संविधान वन्यो, तर राजाले अस्ट्रिया संग मिलेर फ्रान्स माथी आक्रमण गर्न लगाएको थाहा हुन आएपछि भने राजा लुई १६ औलाई सन १७९२ मा मृत्युदण्ड दिएर राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्न सफल भए । यही फ्रान्सेली क्रान्तिको अनुसरण गर्दै सन्सारका धेरै देशहरुमा निरंकुश राजतन्त्रतको अन्त्य गर्दै उदारवादी प्रजातन्त्रको स्थापनाको लहर नै चल्न थाल्यो । भातृत्व स्वतन्त्रता र समानताकोलागि गरिएको आन्दोलन जसरी सफल भयो, क्रान्तिकारी फ्रान्सिसी नयाँ सरकार र समाजले इमान्दारीे पुर्वक क्रमशः यस नारालाई आज सम्म कार्यान्वयन गर्दै आएकाछन् । यसैको फलस्वरुप हाल फ्रान्स, विश्वकै उदार,धनी, प्रजातन्त्रवादी, विकसित र शक्तिशाली देश हुन पुगेको छ।

फान्सेली नागरिकले यो क्रान्तिलाई गौरव ठान्दछन र यसका मूलभूत शिद्दान्त आधार र जगलाई कहिले पनि परित्याग गर्न सक्दैनन । पेरिसमा वनेको सातौं आस्चर्यको रुपमा परिचित एफिल टावर जसलाई फ्रान्सको क्रान्ती, वैभव र स्वतन्त्रताको धरोहरको रुपमा मान्दछन उनीहरु । फ्रान्स धर्म निरपेक्ष राज्य हो, यँहा धर्मलाई राज्य र राजनीतिबाट अलग राखिएको छ । धर्मलाई निजी विषय ठान्दछन तँहा, र्धािमक कार्य आफ्रनो कोठामा सीमित राख्नु पर्नेहुन्छ र आँफ्रनो स्वेक्षाले रोजेको धर्म मान्ने स्वतन्त्रता छ । मध्यकाल देखी सन १७८९ सम्म फ्रान्सले धार्मिक झगडा र लडाईमा धेरै रगत वगाईसकेको थियो, त्यसैले, धर्मको प्रभावमा राज्य रहदा कति विषमता रहन्छ उनीहरु यसका भुक्तभोगी थिए । ११ औ सताव्दी देखी १३ औं सताव्दी सम्मको ७ पटकको कु्रसेडसको लडाईमा फ्रान्सले नै कति पटक त क्रसधरहरुको नेतृत्व गरेको थियो । आँफनै युरोप भित्र प्रोस्टेन्ट र क्याथोलिकका वीचको लामो झगडा र असरलाई पनि उनीहरुले देखे भोगेका थिए । त्यसैले उनीहरुले क्रान्ति पछिको संविधानमा धर्मलाई राज्यबाट अलग राखे, र अभिव्यक्तिको स्वतन्त्रतालाई पनि त्यत्तिकै महत्वका साथ उल्लेख गरे । ५१ प्रतिशत नागरिक कृश्चियन छन फ्रान्समा, कृष्चियानिटीको तर्फबाट नै किन नहोस, फ्रान्सको संविधान तथा मुल्य मान्यतालाई खुम्च्याउने र अतिक्रमणको प्रयास गरेमा त्यसको विरुद्द खुलेर विरोध गर्न रोकिदैनन उनीहरु ।

त्यँहाको प्रशिद्द व्यङ्रग्य पत्रिका, चार्ली हेव्डोले, धर्मको नाममा राज्यको नीति नियममा कुनै दखल गर्न लागेमा पोप पादरी होस वा देवी देवताहरुको कार्टुन चित्रहरु प्रकाशन गरी त्यसको विरोध जनाउने गर्दछन् । यो पत्रिका हाराकिरी हेव्डोको नाममा १८औं शताव्दीको सुरु तिर नै जन्मिएको हो । पछि आफ्रनो नाम परिवर्तन गरी चार्ली हेव्डोको नाममा सन्चालन भएको यस पत्रिकाले जन्मकाल देखी आज सम्म नै जो कसैबाट भएका गल्ती तथा अनाचारको उजागर गर्दै आएको छ ।

अल्लाहको नाममा केही मुस्लिम समुदायका मानिसहरुले युरोपमा आतंकको गतिविधी गर्न थालेपछि सन २००६ मा यस पत्रिकाले हजरत महमदको कार्टुन प्रकाशन गरेको थियो । त्यसपछि उक्त पत्रिका र फ्रान्सलाई नै इस्लामिक कट्रटरवादी संगठनहरुले निशाना गराउर्दै आएका छन । सन २०११,१२,१५ र १९ मा धेरै पटक पत्रिकाको कार्यालयमा आतंककारीहरुले हमला गर्दा पत्रिकाका कार्टुनिस्ट पत्रकार सहितको हत्या भयो, सार्वजनिक स्थल, चर्चमा धेरै निर्दोश र निहत्था नागरिकको हत्या गरे, तर्साए धम्क्याए । अहिलेको शिक्षक हत्याबाट सुरु भएको घटना पनि तेही हमलाको निरन्तरता हो,र यस्तो घटना युरोपका अन्य देशमा समेत फैलन थालेको छ । फान्सेलीहरुले अभिव्यक्तिको स्वतन्त्रतालाई गौरव ठाने जस्तै इस्लाम समुदायहरुले हजरत पैगम्वर महमदलाई अल्लाहको दूत, पुत्र र भविस्यवक्ता भएको विश्वास गर्दछन र उनको चित्र उतार्न अपराध ठान्दछन । यही कारण देखाउदै चार्ली हेव्डोले प्रकाशित गरेको उक्त कार्टुनको विरोधमा धेरै मुस्लिम देशहरुले अहिले विरोध गरिरहेका छन । दुवै पक्षको कटुता वढ्रदै जानलागेकोले कतै यो झगडाले विश्वको शान्तिलाई नै खतरामा पार्ने त होइन चासो र चिन्ताको विषय वनेको छ ।

एक पक्ष, कार्टुन प्रकाशन अभिव्यक्तिको स्वतन्त्रताको हक हो भनिरहेका छन त अर्को पक्ष ईश्वर अल्लाहको चित्र उतार्न मानिसले सक्दै सक्दैन र यसो गर्नु अपराध हो, यसर्थ यो अपराध गर्नेलाई सजाय दिइनु वा हत्या गर्नु ठीक हो भन्ने अर्थलाग्ने गरी प्रस्तुत भैरहेको देखिन्छ । चार्ली हेव्डो पत्रिकाले मुस्लिम धर्म तथा यसका संस्थापक पैगम्वर महमदको कार्टुन प्रकाशन गरेको विषयमा फ्रान्सको अदालतमा केही अगाडी मुद्दा चल्दा उक्त पत्रिकाले हजरत महमदको अपमान गरेको नभई पत्रिकाले महमदको नाममा हत्या र आतंक गरिएको देखाउन खोजिएको निर्णय सुनाएको थियो भनिएको छ । महमदको चित्र उतार्नु मुस्लिम शरिया कानुनको विरुद्द हो भने उक्त कानुनले अहिले सम्म अन्तराष्ट्रिय मान्यता पाएको कतै देखिदैन फ्रान्समा त झन हुने कुरै भएन । शिक्षकको हत्या गर्ने ती युवक शरणार्थीको रुपमा फ्रान्समा वस्दै आएको वुझिएको छ ।

शरणार्थीहरुलाई फ्रान्सले आफना नागरिक सरहको रोजगारीको अवसर,सुरक्षा,मानवीय व्यवहार गरेर राख्ने गर्दछ । ती युवकलाई महमदको कार्टुन वनाएकोमा चित्त नवुझेकोमा शान्तिपुर्वक,फ्रान्सकै वाक स्वतन्त्रता प्रयोग गर्दै यसको विरोध गर्ने छुट थियो जवकी उसकै देशमा भए सरकारको विरोध गर्दा जेल हाल्थे होला, एकतन्त्रीय अधिनायकवादी शासन भएका देशवाट नै धेरै मानिस भागेर शरणार्थी भएर जान्छन, कतै प्रजातन्त्र भएर पनि गृहयुद्दमा फसेका मुलूकबाट पनि शरणर्थीका रुपमा जान्छन ।

पत्रिकाले आफ्रनै देशको कानुन अन्तर्गत रहेर अभिव्यक्तिको स्वतन्त्रताको हक प्रयोग गर्दै आफ्रनै देशमा कार्टुन प्रकाशन गरेको छ । जसले सवै सुविधा सहित शरण दिएर राखेकोद्ध छ उसैको देशको नागरिकलाई नृशंस अमानवीय ढंगले टाउको काटेर हत्या गरेको यो कृत्य सायद यो भन्दा निन्दनीय र कायर घटना अरु के हुन सक्ला ? निस्पक्ष रहेर सोचौ त कसको आत्माले अनुमोदन गर्दछ यो धटनालाई ? त्यसमा पनि राष्ट्रपति इमानुएल म्याक्रोले भनेकै छन कि यो कार्टुन सरकारले प्रकाशन गरेको होइन र यो कार्टुनको म समर्थन पनि गर्दिन तर इस्लामको नाममा कोही कसैलाई फ्रान्सको कानुन विरुद्दका आतंककारी हमला गर्न, आतंकवादी गतिविधि संचालन गर्न छुट नभएको भनेर भनेका छन । युरोपमा त्यसमा पनि फ्रान्स हरेक कुरामा उदार देश हो । गृह युद्दको चपेटाबाट सुरक्षित रहन तथा गासवासकपासको खोजीमा पुगेका धेरै शरणार्थीहरुलाई फ्रान्सले सरण दिएको छ । उनीहरुलाई रोजगारी, स्वास्थ्य सुरक्षाका सेवाहरु आफनै नागरिकलाई सरह प्रदान गरिरहेकोछ, तर अहिले यीनै शरणर्थीहरु आतंककारी संगठनहरुको सम्पर्कमा पुगेर त्यँहाको सन्तुलन खल्वल्याउने गतिविधिमा सामेल भएको देखेर फ्रान्स मात्र होइन युरोपका धेरै देशहरुले आफ्रनो उदारताले आँफैलाई घात गरेको त होइन भनेर समीक्षा गर्न थालेका छन ।

धर्म धारण गर्ने पद्दति हो, अर्थात जीवन सहज र सरल ढंगले संचालन गर्दै सत्यको प्राप्ती गर्ने मार्ग हो । तर धर्मलाई शासन र शोषण गर्ने माध्यमको रुपमा उपयोग गरिन्थ्यो मध्यकाल सम्म । पोप पन्डित मौलाना, गुरुहरुले आफनो वर्चस्व कायम गरी राख्न अनेक तिकडम गर्थे समाजमा । परिवर्तनलाई रोक्न नसके आँफु खत्तम भइने रोगले ग्रस्त थिए उनीहरु । नयाँ आविस्कार नयाँ विचार, जसले समाजलाई परिवर्तन गरी अन्याय, रोग भोकलाई हटाउन सकिन्छ त्यस्तो काम गर्नेलाइ पुरस्कार होइन सजाय दिन्थे । साच्चै भन्ने हो भने युरोपको पुनर्जागरणकाल तथा फ्रान्सेली क्रान्तिको प्रभावले नै अहिलेको विश्व यत्तिको सभ्य र समुन्नत वन्न सकेको हो । त्यहि धार्मिक राज्य कै वरिपरि घुमीरहेको भए अहिले सम्म अरु त के मोटरको आविस्कार सम्म पनि हुन्थेन होला र दास प्रथाको उन्मुलन सम्म पनि सायद हुन सक्दैनथ्यो । हो अहिले पनि धर्मलाई भजाएर आँफनो अभिष्टी पुरा गर्ने तत्वहरु सवै धर्ममा छन, हामी कोही सिधासाधाहरुलाई इश्वर अल्लाह वा परमेश्वरकोलागि जे गरेपनि वैध हुने शिक्षा दिईरहेका हुन्छन । यति सम्म कि औपचारिक शिक्षा पाएभने न्यायअन्याय सत्य असत्य झुट र साँचो छुट्रटयाउन सक्ने हुन्छन भनेर सके सम्म राज्यको वैध औपचारिक शिक्षाबाट वन्चित गरी उनीहरुको विचार थोपर्दछन र आर्को धर्म र विचार मान्नेहरु प्रति नफरत र घृणा गर्न सिकाउदछन । तव यति कट्रटर वन्दछन सोच्ने संझने शक्ति नै नाश हुन्छ,उनिहरुको । आत्मघाती वम वोक्न तयार हुन्छन विचरा, कसैको लहैलहैमा कसैलाई मार्दछन र आफ्रनै अमूल्य जीवन गुमाउदछन । सायद फ्रान्सको घटना पनि यस्तै यस्तै प्रकृतिको हो ।

आज हामीलाई नयाँ सीप, इलम, प्रविधि,आविस्कार गर्न प्रेरित गर्ने ल्याव चाहिएको छ र अवसर चाहिएको छ । हामीलाई खाना नाना वास,अस्पताल चाहिएको छ,स्कुल चाहिएको छ, न्याय, समानता, स्वतन्त्रता, सुरक्षा र भातृत्व चाहिएको छ त्यो कुरा दिन सक्छन यी कट्रटरवादी धर्मगुरुहरुले ? सम्झनै पर्ने वेला भैसकेको छ ।

भगवान बुद्ध अगाडि जाँदै हुनुहुन्थ्यो, वीचमा कसैले रोकेर भने “भन्ते ! अगाडि चौतारीमा अंगुलीमाल वसेको छ तपाईलाई उसले मार्ने छ तपाई त्यता नजानुहोस” भन,े तर वुद्द अगाडि वढ्रदै जानुभयो, नजिकै पुगेपछि अंगुलीमालले भन्या,े “म वलवान अंगुलीमाल हुँ, तिमी मेरो नजिक नआउ ! म तिमीलाई मार्नेछु” भन्यो तर वुद्द उ भएको ठाउँमा पुग्नुभयो । वुद्दले उसलाई चौतारीमा रहेको रुखको पात झार्न सक्छौ भन्नु भयो, तत्क्षण उसले रुखबाट पात झराल्यो । वुद्दले उसलाई फेरी भन्नुभयो, तिमी ती पातहरुलाई फेरी लगेर जँहा जसरी थियो तेसरी जोड ! भन्नु भयो तव अंगुलीमालले पात जोड्न सकेन, तव वुद्दले उसलाइर्, तिमीलाई कसरी वलवान भन्ने जवकी एउटा पात मात्र पनि तोडेकै ठाउँमा फेरी लगेर जस्ताको तस्तै जोड्रन सक्दैनौ यसर्थ हेर ! तोड्रन सक्ने र तोडेको ठाउँमा फेरी जोड्रन सक्ने मात्र महान हो, त्यसैले तिमीले आँफुलाई वहादुर भन्नुमा धिक्कार छ ।

अंगुलीमालले धेरै मानिसहरुलाई मार्न सकेको थियो तर झरालेको एउटा पात पनि जोड्रन नसकेकोमा उसलाई धिक्कार लाग्यो र आफ्रनो वहादुरीको वास्तविकता छर्लङ्ग भयो तव हार स्वीकार गदैै, त्यतिका मानिसहरुलाई अनाहकमा मारेको रहेछु भन्ने वोध भयो,पश्चाताप भयो र तव अंगुलीमालले हिँसालाई परित्याग गरी त्यसै क्षणबाट वुद्दको शिष्य भयो । यो एउटा उदाहरण हो, हे निर्दोश मानिसका अत्याचारी हो ! तिमीहरुले धेरैलाई मार्न सक्छौ तर के एकजनामात्र मरेको मानिस होइन कमिलोलाई पनि वचाउन सक्छौ ? यदि सक्दैनौै भने तिमी परमेश्वरका प्रतिनिधि, मुक्तिदाता, परिवर्तनकारी, महान र वीर कसरी भयौ ? त्यसैले तिमीलाई वीर होइन कायर र धोखेवाज भन्नुपर्दछ । त्यसैले धार्मिक शिक्षा र कक्षा चलाउने हो भने शान्तिको, सम्वृद्दिको,सदाचारको, क्षमाको श्रृजनाको पाठ पढाउ,शान्तिकोबाटोबाट न्यायको खोजी गर्न सिकाउ तव आत्मिक र लौकिक दुवै कुराले सम्पन्न हुन सक्ने छन तपाईका शिष्यहरु नत्र तपाईले सिकाएको गोली चलाउने सीप कुनै दिन तपाईकै कन्चट तर्फ सोझिने छ । साथसाथै अहिले पनि धेरै देशका नागरिकहरु समसामयिक सुविधाबाट वन्चित छन् र वौद्दिकस्तर पनि सीमित छ त्यसैले अभिव्यकितको स्वतन्त्रताको महत्व र अधिकारलाई कुन्ठित गर्ने हिसावले भनेको होइन की, यही विश्व भित्र वस्ने सहचर मानव समुदायको धार्मिक आस्थामा गम्भीर चोट लाग्ने र दुःख मान्ने विषयहरु प्रकाशन गर्दा, केही सीमा कायम गरी संवेदन र सन्तुलित भैदिन, प्रकाशक, पत्रकार, विकसित देश तथा समाज संग पनि अनुरोध गर्नुपर्ने हुन्छ अहिलेको समाजको अवस्थालाई हेरेर। विभिन्न भिन्न एजेन्सीहरूबाट ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …