• बिहिबार, मङ्सिर-११,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

गोमा खत्री

कोरोना भाइरस अर्थात कोभिड– १९ ले विश्वलाई नै अक्रान्त बनाइरहेको छ । चीनको हुवेई शहरबाट सुरु भएको कोरोना भाइरस अहिले सयौदेशहरुमा महामारीको रुपमा फैलिरहेको छ । कोरोना भाइरसको संक्र्रमणबाट विश्वभर १० करोड भन्दा बढि मानिस संक्रमित भइसकेका छन् भने करोडौंको दुःखद् निधन भएको छ । यस भाइरस अझै कतिन्जेल महामारीको रुपमा मानव स्वास्थ्यमा आक्रमण गर्ने हो कुनै एकिन छैन । विश्व स्वास्थ्य संगठनले अझै लगभग २ वर्ष भन्दा बढी भाइरस रहिरहने बताउँदै आएको छ ।

नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ । दिन दिनै संक्रमितको संख्या बढिरहेका छ भने मृतकको संख्या पनि बढ्दो क्रममा छ । आर्थिक अर्थतन्त्र कमजोर रहेको नेपालमा कोरोना भाइरस माहामारीको कारण यहाँका शिक्षा, स्वास्थ्य, रोजगार, व्यवसाय चौपटजस्तै भए । लगभग ६ महिना बन्दाबन्दी भयो जसको कारण विद्यालयहरु बन्द रहे, मानव स्वास्थ्य अवस्था निकै जोखिममा रहे, गरि खाने ठाउँहरु व्यापारमा ५÷६ महिना त यत्तिकै बन्दाबन्दीमा नै रहनु पर्याे भने लाखौंको हातमुख जोर्ने माध्यम रोजगारी खोसियो । अहिले बन्दाबन्दी अर्थात लकडाउन खुलेता पनि जनजीवन सहज बन्न सक्ने अवस्था छैन । कोरोनाको जोखिम उत्तिकै छ, मानव जनजीवन जटिल बन्दै गएको छ ।

सरकारले कोरोना भाइरसबाट बच्न र सुरक्षित रहनका लागि विभिन्न योजनाहरु बनाएको छ । स्थानीय तहमा मानव स्वास्थ्यलाई महत्वपूर्ण ठानी निकै ठूला बजेट कोरोना रोकथामका लागि छुट्याइएका छन् । यसै अन्तर्गत स्थानीय सरकारले आ–आप्mनो स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसनहरु सञ्चालनमा ल्याएका छन् । कोरोना संक्रमणको सुरुको अवस्थामा सुरक्षित उपायका लागि स्वास्थ्य सरसफाई सामग्रीहरु वितरण भएका थिए भने आपतकालिन अवस्थामा दिनभरि श्रम गरेर बिहान बेलुकाको छाक कटाउने परिवार जसले लकडाउनको अवस्थामा रोजगार गुमाउन पुगे । त्यस्ता परिवारको लागि राहत वितरण कार्यक्रम पनि भएका थिए ।

प्रत्येक स्थानीय तह र पालिकामा कोरोनाबाट संक्रमित भएका व्यक्तिको लागि आइसोलेसनहरु सञ्चालनमा छन् भने संक्रमितको सम्पर्कमा रहेकाहरुको लागि क्वारेन्टिनको व्यवस्था पनि गरिएको छ । क्वारेन्टिनको बसाइँ र आइसोलेसनको बसाइँ उस्ताउस्तै त हुन तर पनि आइसोलेसनमा बस्नुको जत्तिको पीडा क्वारेन्टिनमा बस्दा नहोला । कोरोना संक्रमित भई आइसोलेसनमा रहने व्यक्तिहरु एक प्रकारको बिरामी नै हुन् जो शारीरिक रुपमा कोरोना भाइरसले आक्रमण गरेको हुन्छ भने भाइरसको आक्रमणकै कारण मानसिक रुपमा निकै कमजोर भएका हुन्छन् । केही व्यक्तिको हकमा कोरोना भाइरस संक्रमित भएता पनि ऊ शारिरिक र मानसिक रुपमा स्फुर्त देखिने पनि छन् तर केही निकै कमजोर वा जटिल प्रकारको बिरामी बन्छन् । यसरी बिरामी परेकाहरुका लागि व्यवस्थापन गरिएको आइसोलेसनमा खाना, खाजा औषधि लगायतको व्यवस्था यहि उपलब्ध हुने भनिएको छ तर ती सेवा सुविधा आइसोलेसनमा रहने कोरोना संक्रमितहरुले कत्तिको उपभोग गर्न पाएका छन् छैनन् भनि हामी सरोकारवालाहरुले कत्तिको अनुगमन र ख्याल गरेका छौ ?

आइसोलेसनका प्रत्येक वार्डका भित्ताहरुमा मात्रै होइन आइसोलेसन भवन प्रवेश गरेपछि भित्ता भरि कोरोना संक्रमित बिरामीका लागि उपयुक्त खाना, खाजाको तालिका टाँसिएका छन् तर खाना खाने समयमा वा खाजा समयमा सुख्खा विस्कुट, सुख्खा चना र चिउराको थुप्रो ।

बिरामिले समयमा खाना खानुपर्छ, औषधि लिनु पर्छ तर समयमा ती चिजहरु उनीहरुले पाएका छन् कि छैनन् ? लगातार खोकीरहेको एक कोरोना संक्रमितले खोकीको औषधी माग्दा २ दिन पछि आउँछ भने त्यो बिरामीको लागि पक्कै सहज नहोला । बिरामीहरुले स्वास्थ्य सरसफाइमा विशेष ध्यान दिनु पर्दछ तर हाम्रा आइसोलेसन कक्षहरु कत्तिको सफा छन् ? एक संक्रमित आइसोलेसनको एउटा कक्षको वेडमा बसेर ठीक भएर जान्छ भने पुनः अर्काे संक्रमित आउँदा सोहि कक्ष र उहीँ वेडमा बस्नु पर्ने हाम्रो बाध्यता जुन छ त्यसमा अघिल्लो संक्रमितले प्रयोग गरेका कपडा, मास्क लगायतका सामग्रीको सहि व्यवस्थापन भए या भएनन् न की नयाँ संक्रमित अघिल्लो व्यक्तिको कपडा वा सरसामान प्रयोग गरिरहेको त छैन ? अर्को व्यक्तिको सामग्री प्रयोग गर्दा कोरोना संक्रमणको जोखिम उतिकै होला यसबारे हामीले समयमा सहि ध्यान पुर्याउन सक्नु पर्दछ ।

कोरोना संक्रमित रहने भवन वा परिसर कत्तिको सफा छ ? कतै हामीले कोरोना संक्रमित बस्ने कोठाको झ्यालैमा बढी भएका खाना र अन्य फोहोर राख्ने डस्विन त राखिरहेका छैनौ झिङ्गा र लामखुट्टे घुम्ने गरि ? जिल्लाको सदरमुकाम चौतारामा रहेको जिल्ला समन्वय समितिको आइसोलेसनमा बस्ने कोरोना संक्रमित महिला शौचालयमा बिजुलि बल्दैन । संक्रमितको लागि खाना तथा खाजा तयार गरिएको लिखितम विवरण भन्दा फरक खुवाइरहेको पाइन्छ । के बिरामीले बिहान सुख्खा बिस्कुट मात्रै खाने हो ? बिहान, दिउँसो, खाना खाजामा बारअनुसार उचित प्रकारको प्रोटिनयुक्त तालिका बनाइएको छ तर व्यवहारमा त्यो लागु भएको पाइदैन ।

हो सुन्दा सामान्य र सानो लाग्ने तर अत्यन्तै सम्वेदनशिल विषय हुन् । कोरोना संक्रमित, स्वास्थ्य अवस्था र स्वास्थ्य सरसफाई । यसबारेमा आइसोलेसन ब्यवस्थापनका जिम्मेवारहरुले बेलैमा ध्यान दिन जरुरी छ । खानेपानी, शौचालय, विद्युत लगायतको प्रयोगको अवस्थाबारे ध्यान दिन जरुरी छ । कतै शौचालयमा विजुली बत्ति पो छैन कि ? प्रत्येक आइसोलेसनमा खाना, औषधी उपचार समयमा ल्याउनको लागि छुट्टाछुट्टै कर्मचारीहरुको व्यवस्था गरिएको छ तर उनीहरुको कार्य सम्पादन के कस्तो छ भन्ने बारेमा हाम्रो ध्यान गएको छ त ?

उपचारको लागि हस्पिटल (आइसोलेसन) गएको बिरामी स्वास्थ्य भई फर्कियोस्, अझ भनौं छिट्टै निको होस् सबै सेवा सुविधा सहजै उपभोग गर्न पाओस् भन्ने हामी सबैको चाहना हो तर गर्दागर्दै पनि हाम्रो कार्य सम्पादन वा कर्तव्य प्रति हामी चुक्यौ सम्वन्धित सबै जिम्मेवार सरोकारवालाहरुले ध्यान दिन जरुरी छ ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा
पत्रपत्रिका

भारतका विदेश सचिव दुईदिने औपचारिक भ्रमणमा आज नेपाल आउँदै

काठमाडौँ। भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत बिहीबार यहाँ आउँदै हुनुहुन्छ । उहाँ बिहीबार बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ उत्रनुहुने छ । नेपाल …

तथ्यहीन समाचारले समाजलाई विग्रहको बाटोतर्फ लैजान्छ -मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नकारात्मकभन्दा समाजलाई प्रेरित गर्ने खालका समाचार सम्प्रेषणमा सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताउनुभएको छ ।  सरकारका प्रवक्तासमेत रहनु भएका …

नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता …

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी …