तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ८० हजार घुस लिएको अभियोगमा सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।

सबडिभिजन वन कार्यालय, तारानगर कैलालीले ट्रयाक्टर चालकसहित काठ बरामद गरेका सन्दर्भमा उक्त काठको मुद्दा मिलाइदिन्छु भनी कार्यालयका रेञ्जर रामअवतार चौधरीलाई उक्त रकम दिन बिचौलियाको भूमिका निर्वाह गरेको आरोप रानालाई आयोगले लगाएको छ ।

आयोगको कञ्चनपुरबाट गएको टोलीले कैलाली, धनगढी उपमहानगरपालिका –१ को पार्क मोड भन्ने स्थानबाट बिहीबार पक्राउ गरिएको र अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको हो ।

आयोगले अभियुक्त रानामथि थप अनुसन्धान भइरहेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …