तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडाैं-मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अन्र्तगत मानविकी तथा समाजशास्त्र केन्द्रीय क्याम्पसमा अध्ययनरत पत्रकारिता तथा आमसञ्चार विषयका विद्यार्थीले मासिक शुल्क घटाउन माग गरेका छन् ।

स्नातकोत्तर तह पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले तत्काल मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनका साथै विश्वविद्यालय पदाधिकारीको ध्यानाकर्षण गराएका हुन् ।

एमयूले पत्रकारितामा पहिलो सेमेस्टरको मासिक शुल्क रु. चार हजार ५०० तोकेको छ । केन्द्रीय क्याम्पसका अन्य विभाग र विषयको तुलनामा पत्रकारिताको शुल्क अत्यधिक भएको विद्यार्थीको गुनासो छ ।

मासिक शुल्क घटाएर बढीमा रु. दुई हजार कायम गर्नुपर्ने उनीहरुको माग छ । कोरोना भाइरस महामारीका कारण आम दैनिकी सहज नभइरहेका बेला समेत क्याम्पसले मासिक शुल्कमा ताकेता गरेको भन्दै विद्यार्थीले गुनासो गरेका छन् ।

पत्रकारिता तथा आमसञ्चार शिक्षण समितिका संयोजक युवराज शर्माले डिन कार्यालयले नै मासिक शुल्कबारे टुङ्गो लगाउने बताए । विद्यार्थीले मासिक शुल्क निर्धारण हेरफेर गर्न उपकुलपति, रजिष्ट्रार, डीन कार्यालय र क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …